NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

क्रिकेटर सन्दीप लामिछाने आज नेपाल फर्किंदै

काठमाडौ । एक नाबालिक किशोरी बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् ।

उनी कतार एयरवेजको उडानबाट बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् । यसअघि असोज १५ गते सामाजिक सञ्जालमार्फत उनले बिहीबार नेपाल फर्किएर प्रहरीसमक्ष आत्मसमर्पण गर्ने घोषणा गरेका थिए ।

स्वदेश फर्किन लागेको जानकारी नेपाल प्रहरीलाई पनि दिइसकेको उनले उल्लेख गरेका छन् । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते ती किशाेरीले  उनी विरुद्ध  महानगरीय प्रहरी वृत्त गौशलामा जाहेरी दिएकी थिइन् ।

उनी विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिज गएका थिए। नेपाली क्रिकेटका कप्तानसमेत रहेका उनलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरे लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो।