NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

शेखर पक्षले बोलायो छुट्टै भेला

काठमाडौं । कांग्रेसको डा. शेखर कोइराला पक्षले छुट्टै भेला बोलाएको छ ।

२३ असोजमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी दर्ता गर्नुपर्ने भएपछि छलफल गर्न शेखर पक्षले आज दिउसो २ बजे भेला बोलाएको हो ।

भेलामा आफ्नो तर्फबाट बन्न सक्ने सम्भावित उम्मेदवारबारे छलफल हुने जनाइएको छ । आफ्नोतर्फका उम्मेदवार चयन भएपछि ती नाम संसदीय बोर्डसमक्ष प्रस्तुत गर्ने तयारी यो पक्षको छ ।

प्रत्यक्षमा पनि शेखर पक्षले ४० प्रतिशत उम्मेदवार दाबी गरेको छ ।

समानुपातिकतर्फ संस्थापनले एकलौटी गरेको भन्दै शेखर पक्षले दबाब दिएरै सूची सच्याउन बाध्य पारेको थियो ।

भेलामा समानुपातिक उम्मेदवारबारे पनि छलफल हुने बताइएको छ ।