NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

विमानस्थलबाट यसरी पक्राउ परे सन्दीप लामिछाने

काठमाडौं । बलात्कार आरोपमा जाहेरी परेको एक महिनामा क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै सन्दीप पक्राउ परेका हुन् ।

पौने ११ बजे सन्दीप विमानस्थलबाटै पक्राउ परेका हुन् । दोहाबाट कतार एयरवेजको विमानबाट उनी काठमाडौं फर्किएका हुन् ।

जाहेरी परेको एक महिनासम्म उनी सम्पर्कविहीन भएका थिए ।

तर प्रहरीले इन्टरपोलमार्फत डफ्युजन नोटिस जारी गराएपछि सन्दीप नेपाल फर्किएका हुन् ।

अध्यागमनले प्रहरीको जिम्मा लगाएपछि उनलाई हत्कडी लगाएर पक्राउ गरिएको हो ।

सन्दीपले हत्कडी नलगाई प्रहरी कार्यालय लैजान आग्रह गरेका थिए । तर प्रहरीले उनको याचना सुनेन ।

५ भदौमा सन्दीपले आफूमाथि जबर्दस्ती बलात्कार गरेको भन्दै ती नाबालिग किशोरीले जाहेरी दिएकी थिइन् ।

तर सन्दीपले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।

अब उनले कानुनी लडाइँ लड्नेछन् ।

उनी ६ भदौमा सिरिज खेल्न केन्या पुगेका थिए । उतैबाट सिपिएल खेल्न वेस्ट इण्डिजका देशतर्फ लागेका थिए ।