NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरिस्थित तल्लो मसिनेमा पहिरोले ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब साढे एक बजे चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ मसिनेमारहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए ।

तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी छोरीको रहेका छन् ।
मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको तामाङले बताए ।

अबिरल वर्षापछि आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो । बिहान काठमाडौंबाट गएको प्रहरी टोलीले डोजरको साहयताले शव संकलन गरेको थियो ।