NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सुदूरपश्चिममा एमालेबाट पूर्वमाओवादीले टिकट पाए, भीम रावलले पाएनन्

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमकाे अछाम १ बाट पूर्वउपप्रधानमन्त्री डा. भीम रावललाई टिकट दिनबाट राेकेकाे छ । प्रतिनिधिसभा सदस्यका लागि एमाले जिल्ला कमिटीले रावललाई सर्वसम्मत उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाएको थियो । तर अध्यक्ष केपी ओलीले रावलको ठाउँमा झपट बोहोरालाई टिकट दिएका छन् ।

यसरी रावलको टिकट खोसिँदा नेकपा विघटनपछि ओलीलाई साथ दिएका पूर्वमाओवादीका नेता तथा सचिव लेखराज भट्टले टिकट पाएका छन् । उनले कैलाली ४ बाट टिकट पाएका हुन् । त्यस्तै गौरिशंकर चौधरीले पनि कैलाली ३ बाट टिकट पाएका छन् । भट्ट र चौधरीले अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी भएका थिए । एमाले विभाजन अघि १० बुँदे सहमतिका संयोजकसमेत रहेका रावलको टिकट खोसिएपछि सुदूरपश्चिम एमालेमा सन्नटा छाएको छ । २०७४ को निर्वाचनमा अछाम १ बाट उनी २४ हजार ८८३ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए ।

पार्टी विभाजनपछि एमालेमै फर्किएका उनलाई टिकट खोसेर अपमान गरेको भन्दै यस्तो व्यवहारबाट अन्ततः एमालेलाई घाटा लाग्ने नेता तथा कार्यकर्ताहरूले बताएका छन् । ओलीको कार्यशैलीप्रति कडा आलोचना गर्दै आएका रावलले गत मंसिरमा चितवनमा भएको १० औं महाधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट रोकेका थिए । महाधिवेशनपछि पनि पार्टीहित विपरित अभिव्यक्ति दिएको भन्दै ओली रावलमाथि निकै आक्रोसित भएका थिए ।

उनै रावल जिल्लाबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएपछि गतहप्ता ओलीले सुदूरपश्चिमका नेताहरूलाई आफ्नै निवासमा बोलाएर त्यसबारे चासो राखेका थिए । नेताहरूसँगको भेटमा रावल पार्टीको सम्पर्कमा नरहेको, आफूसँगको सम्वादमा आउन नचाहेको गुनासो गरेका थिए । रावलले पनि सर्तनामा गरेर टिकटका लागि आफू ओली निवास नजाने प्रतिक्रिया दिएका थिए ।

२०३२ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेका रावल एमालेका प्रभावशाली नेता हुन् । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट उनी पराजित भएका थिए । ०५१ को मध्यावधि निर्वाचनमा विजयी भएका थिए । २०५६ को निर्वाचनमा रावल पराजित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा उनी समानुपातिकतर्फबाट एमालेका सभासद भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । रावल ०५१ को मनमोहन अधिकारी नेतृत्वको सरकारमा पर्यटन तथा संस्कृतिमन्त्री भएका थिए । ०५५ को गिरिजा नेतृत्वको सरकारमा पनि संस्कृतिमन्त्री भएका थिए । २०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा उनी उप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए । एमालेको नवौं महाधिवेशनमा उपाध्यक्षमा निर्वाचत भएका थिए ।

क–कसले पाए सुदूरपश्चिमा टिकट ?
अछाम– १
प्रतिनिधिसभातर्फ

झपट बोहोरा

प्रदेशसभातर्फ
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर

अछाम– २
प्रतिनिधिसभातर्फ

यज्ञ बोगटी

प्रदेशसभातर्फ
भीम विष्ट
शिव उपाध्याय

बझाङ
प्रतिनिधिसभातर्फ

ऐन महर

प्रदेशसभातर्फ
अफिलाल ओखेडा
एलबी रावल

बाजुरा
प्रतिनिधिसभातर्फ
कर्णबहादुर थापा

प्रदेशसभातर्फ
लालबहादुर थापा
बलदेव रेग्मी

बैतडी
प्रतिनिधिसभातर्फ

दामोदर भण्डारी

प्रदेशसभातर्फ
सुरेन्द्र पाल
लीलाधर भट्ट

दार्चुला
प्रतिनिधिसभातर्फ
गणेश ठगुन्ना

प्रदेशसभातर्फ
हर्देब जोशी
रामदत्त जोशी

डडेलधुरा
प्रतिनिधिसभातर्फ
कांग्रेस बीपी

प्रदेशसभातर्फ
पठानसिंह बोहोरा
गजेन्द्र शाही

कञ्चनपुर– १
प्रतिनिधिसभातर्फ

तारा लामा
प्रदेशसभातर्फ

पल्लबराज भट्ट
वीरबहादुर थापा

कञ्चनपुर– २
प्रतिनिधिसभातर्फ

नरबहादुर धामी

प्रदेशसभातर्फ
कृपाराम राना
बचन सिंह

कञ्चनपुर– ३
प्रतिनिधिसभातर्फ
नीरुदेवी पाल

प्रदेशसभातर्फ
सुरेन्द्र विष्ट

डोटी
प्रतिनिधिसभातर्फ

गौरी ओली

प्रदेशसभातर्फ
चक्र मल्ल
टेकबहादुर बम

कैलाली– १

प्रतिनिधिसभातर्फ
टपेन्द्र रावल

प्रदेशसभातर्फ
द्वारिका न्यौपाने

कैलाली– २

प्रतिनिधिसभातर्फ
झपट रावल

प्रदेशसभातर्फ
कमला वली
डेजी पाण्डे

कैलाली– ३
प्रतिनिधिसभातर्फ
गौरीशंकर चौधरी

प्रदेशसभातर्फ
जयनारायण जोशी

कैलाली– ४
प्रतिनिधिसभातर्फ
लेखराज भट्ट

प्रदेशसभातर्फ
भीमबहादुर देउवा
हरिसिंह साउद

कैलाली– ५
प्रतिनिधिसभातर्फ
नारदमुनि राना

प्रदेशसभातर्फ
यज्ञ बास्तोला
दुर्गा जोशी