NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौं २ बाट पाइन् टिकट

काठमाडौं । माओवादी केन्द्रले काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्तीलाई टिकट दिएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँटमा सो क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो ।

घर्तीले रुपन्देही १ बाट निर्वाचनमा भाग लिने इच्छा देखाएपनि सो क्षेत्रमा गठबन्धनले घनश्याम भुसाललाई सघाउने भएपछि उनलाई २ बाट टिकट दिएको माओवादीका एक नेताले बताए ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं २ बाट माओवादीका नेता झक्कु सुवेदीले एमालेका पूर्वमहासचिव माधबकुमार नेपाललाई हराएका थिए । अघिल्लोपटक नेपालले जितेको यस क्षेत्रमा योपटक उनी रौतहट १ बाट चुनावमा भाग लिने भएपछि माओवादी केन्द्रले लिएको थियो ।

२०३४ साल कत्तिकमा रोल्पामा जन्मेकी घर्ती ३८ वर्षको उमेरमा सभामुख भएकी थिइन् । २०५२ देखि सुरु भएको माओवादी सशस्त्र युद्धमा महिला लडाकुको रुपमा होमिएकी उनी सोही साल माओवादीका उपमहासचिव वर्षमान पुनसँग जनवादी विवाह गरेकी थिइन् ।

झलनाथ नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री रहेकी उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा २ बाट विजयी भएकी थिइन् ।