NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विस्फोटपछि क्रिमिया पुल पुनः सञ्चालनमा, रूसी सेनाको नेतृत्व परिवर्तन

काठमाडाैं । क्रेमलिनले क्रिमियालाई आफ्नो कब्जामा लिएको प्रतीकका रुपमा हेरिएको रसिया र क्रिमिया जोड्ने एउटा मुख्य पुलमा शनिबार देखि यातायात पुनः सुरु भएको छ ।

क्रेमलिनले सोही दिन युक्रेनआक्रमणको नेतृत्व गर्न नयाँ जनरलनियुक्त गर्ने घोषणा गरेको थियो । युद्धभूमिमा भएको शृङ्खलाबद्ध असफलताका कारण स्वदेशमा रूसी सेनाको आलोचना भएको समाचारहरू आइरहेका समय सेनाका नेतृत्वमा फेरबदल भएको हो ।

रुसी अनुसन्धानकर्ताका अनुसार १९ किलोमिटर लामो उक्त पुलमा शनिबार बिहान विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै तेलट्याङ्करमा आगजनी हुनुका साथै दुई वटा कार लेन भत्किएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सम्बोधनमा विस्फोटबारे उल्लेख नगर्नुका साथै युक्रेनी सुरक्षा अधिकारीहरूले यसको कुनै जिम्मेवारी लिएनन् ।

रूसका उपप्रधानमन्त्री मारात खुस्नुलिनले पुलको रेलमार्गमा यातायात पूर्णरुपमा सुचारु भएको बताएका छन् ।

खुस्नुलिनले टेलिग्राममा अघिल्लो पोस्टमा ‘मालवाहक र यात्री यातायात दुवैका लागि’ सेवा पुनः सुरु भएको पुष्टि गरेका थिए । अझै अवरूद्ध रहेको क्षतिग्रस्त लेनहरूमध्ये एउटालाई ‘निकट भविष्यमा’ पुनः सञ्चालनमा ल्याइनेछ ।

स्थानीय अधिकारीहरूले यसअघि नै पुललाई कडा निगरानीमा सवारी साधनहरूको साथ मोटर यातायातको लागि पुनः खोलिएको बताएका थिए, जबकि रेल अपरेटर ग्रान्ड सर्भिस एक्सप्रेसले पहिलो रेलहरू मस्को र सेन्ट पिटर्सबर्गका लागि प्रायद्वीपबाट प्रस्थान गरेको बताएको थियो ।

मस्कोको वक्तव्य आउनुभन्दा २४ घण्टा अघि सामाजिक सञ्जालको नाटकीय फुटेजमा पुलमा आगो लागेको र केही भाग पानीमा खसेको देखिएको थियो ।

मस्कोका अनुसार विस्फोटपछि एक अज्ञात व्यक्ति र एक महिलाको शव पानीबाट बाहिर निकालिएको थियो।

अधिकारीहरूले ट्रकका मालिक रूसको दक्षिणी क्रास्नोडार क्षेत्रका बासिन्दा भएको र उनको घरमा खोजी भइरहेको बताएका छन् ।