एमाले पार्टी कार्यालय हेटौँडामा तालाबन्दी
वागमती । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएको विरोधमा एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् ।
पार्टीको कार्यप्रति असन्तुष्टी जनाउँदै तालाबन्दी गरेको बताइएको छ । दुई दिन अगाडिसम्म एमालेले केन्द्रिय सदस्य रामेश्वर रानाको टिकट फाइनल गरेको थियो ।
अन्तिम अवस्थामा कमल थापालाई उम्मेदवारीका लागि टिकट दिएपछि एमाले कार्यकर्ता रुष्ट भएका हुन् ।
ताजा अपडेट
-
गृहमन्त्रीको एक्सनः कांग्रेस सांसद दीपक खड्काको रेष्टुरेन्ट र पार्टी प्यालेस सिल
-
सहसचिव तामाङ ५० हजार धरौटीमा छुटे
-
त्रिभुवन विमानस्थलको विमानमा एक किलो सुन भेटियो, तस्कर फरार !
-
सेटिङ मिलाएर घुस खाने प्रहरीलाई चार महिना कैद
-
छोटुलाल शर्माको इमान्दारीताः जसले बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए
प्रतिक्रिया