NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

भारतसँग दक्षिण अफ्रिका सात विकेटले पराजित

काठमाडौं । भारतले दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको छ । योसँगै भारतले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सात विकेट गुमाएर २७८ रन बनाएको थियो । जवाफमा भारतले २५ बल बाँकी रहँदै तीन विकेटको क्षतिमा लक्ष्य पछ्यायो ।

सिरिजको अन्तिम र निर्णायक खेल अक्टोबर ११ मा दिल्लीमा हुनेछ ।

यस खेलमा दक्षिण अफ्रिकाका लागि एडेन मार्करामले सर्वाधिक ७९ रन बनाए । सोही क्रममा रिजा हेन्ड्रिक्सले ७४ रन बनाए । भारतका लागि मोहम्मद सिराजले ३ विकेट लिए । भारतका लागि श्रेयस अय्यरले अविजित ११३ रन बनाए । इशान किशनले ९३ रन बनाए । सञ्जु सामसन ३० रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका फोर्टुइन, पारनेल र रबाडाले समान १–१ विकेट लिए ।

श्रेयस अय्यरले एकदिवसीय करियरको दोस्रो शतक पूरा गरेका छन् । उनले १०३ बलमा आफ्नो १०० रन पूरा गरे । श्रेयस एकदिवसीय क्रिकेटमा उत्कृष्ट लयमा छन् । पछिल्लो ६ इनिङ्समा उनले पाँचौं पटक ५० भन्दा बढी रन बनाएका छन् । यस इनिङ्समा उनले १४ चौका प्रहार गरेका छन् ।