NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

यामाहा नेपालको शोरुम नक्सालमा खुल्यो 

काठमाडौं । नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेज प्राइभेट लिमिटेड (MAW Enterprises Pvt.Ltd) ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।

उक्त शोरूम टु ह्वीलर इन्ड्रष्ट्रिकै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम मानिएको छ । यामाहाको विश्व व्यापी नयाँ अवधारणा ‘Blue Square’ लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । यामाहाको ‘Global Motor Sports Legacy’ लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ‘Blue Square’ शोरुमलाई लिईएको छ ।

Blue Square शोरुममा प्रयोग गरिएको ब्ल्यु कलरले यामाहा ब्राण्डको ‘Racing DNA’ लाई झल्काउने र ‘Square’  ले One Stop Buying Junction जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, Accessories र Apparel एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यस शोरुममा Better Customer Experience अनुभव गर्नुको साथै छिटो र Personalized One To One Service प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथैDigital Technology मार्फत QR Code स्क्यान गरेर Brochure हरु प्राप्त गर्न सक्नेछन् ।

स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा Blue Squareको उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनिको ठहर छ ।