NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

‘जाहेरवाला नाबालिग होइनन्’

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् ।

जिल्ला अदालत, काठमाडौंमा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोध्दा उनले सो दाबी गरेका हुन् । बलात्कारको आरोप लागेको लामो समयपछि उनी २० असोजमा पक्राउ परेका थिए । क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो ।

इजलासमा न्यायाधीशसमक्ष सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेकाको अधिवक्ता सरोजकृष्णले बताए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएको पनि उनको भनाइ छ ।

अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् ।

अधिवक्ता रिजालले पीडित युवतीका दुईवटा जन्मदर्ता देखिएको र त्यसमा नाबालिग नदेखिएको बताइन् । उनले त्यसलाइ प्रमाणित गर्ने डकुमेन्ट पनि पाइसकेको दाबी गरेकी छिन् ।

सन्दीपलाई आज अदालतमा उपस्थित गराइँदै