NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

यी हुन् १६५ प्रतिनिधिसभामा कांग्रेसले पाएका ८९ सिट, कुन क्षेत्रमा को छन् उम्मेदवार ?

काठमाडौं । सत्ता गठबन्धनको भागबण्डामा सत्ताको नेतृत्वकर्ता दल कांग्रेसले ८९ सिट पाएको छ । १६५ सिटमा माओवादी, नेकपा एस, लोसपा, राष्ट्रिय जनमोर्चाबीच भागबण्डा हुँदा कांग्रसले सबैभन्दा बढी ८९ सिट पाएको हो । यी सबै सिटमा कांग्रेसले आफ्ना उम्मेदवार अघि सारेको छ ।

प्रादेशिक हिसाबमा कांग्रेसले प्रदेश १ बाट सबैभन्दा बढी १९ सिट पाएको छ । प्रदेश २ बाट १५, वाग्मतीबाट १८, गण्डकीबाट ११, लुम्बिनीबाट १४, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट ८ गरी कांग्रेसले ८९ सिट पाएको हो ।

जसपासँग चुनावी तालमेल भएको भए कांग्रेसलको भागमा ८५ सम्म सिट पर्ने कुरा थियो । तर जसपा एमालेसँग मिल्न गएपछि सत्तागठबन्धनले लोसपासँग मात्रै तालमेल गरेको हो ।

८९ जना प्रतिनिधिसभाका उम्मेदवारमा महिला ५ जना मात्रै परेका छन् । जसमा तेह्रथुममा सीता गुरुङ, मोरङ २ मा सुजाता कोइराला, सिरहा २ चित्रलेखा यादव, मकवानपुर १ मा महालक्ष्मी उपाध्याय डिना र अर्घाखाँचीमा पुष्पा भुसाल छन् । बाँकी ८४ उम्मेदवार सबै पुरुष छन् ।

कहाँ काे छन् उम्मेदवार ?

प्रदेश १ बाट १९ सिट
झापा १ – विश्वप्रकाश शर्मा
झापा ३– कृष्णप्रसाद सिटौला
झापा ४ – देउकुमार थेबे
झापा ५ – खगेन्द्र अधिकारी
इलाम २ – डम्बर खड्का
धनकुटा – सुनिलबहादुर थापा
तेह्रथुम – सीता गुरुङ
ओखलढुंगा – रामहरि खतिवडा
उदयपुर १ – डा. नारायण खड्का
संखुवासभा – दीपक खड्का
सोलुखुम्बु – बलबहादुर केसी
मोरङ १ – डीगबहादुर लिम्बु
मोरङ २ – सुजाता कोइराला
मोरङ ३ – सुनिल शर्मा
मोरङ ६ – डा. शेखर कोइराला
सुनसरी २ – सीताराम मेहता
सुनसरी ३ – विजयकुमार गच्छदार
सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
पाँचथर– भीष्मराज आङदेम्बे

मधेस प्रदेशबाट १५ सिट

सप्तरी १ – रामदेव साह
सप्तरी ३ – दिनेशकुमार यादव
सप्तरी ४ – तेजुलाल चौधरी
सिरहा १ – पद्यनारायण चौधरी
सिरहा २ – चित्रलेखा यादव
सर्लाही ४ – नागेन्द्रराय यादव
रौतहट २ – फिर्दोष आलम
रौतहट ४ – देवीप्रसाद तिमल्सिना
धनुषा २ – रामकृष्ण यादव
धनुषा ४ – महेन्द्र यादव
महोत्तरी ४ – महेन्द्रकुमार यादव
बारा १ – उमाकान्त चौधरी
पर्सा २ – अजयकुमार चौरसिया
पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी
पर्सा ४ – रमेश रिजाल

वागमती प्रदेशबाट १८

सिन्धुली १ – श्याम घिमिरे
रामेछाप – पूर्णबहादुर तामाङ (कान्छाराम)
रसुवा – मोहन आचार्य
धादिङ २ – रामनाथ अधिकारी
नुवाकोट २ – अर्जुननरसिंह केसी
काभ्रे २ – शिवप्रसाद हुमागाईं
सिन्धुपालञ्चोक २ – मोहनबहादुर बस्नेत
काठमाडौं १ – प्रकाशमान सिंह
काठमाडौं ३ – सन्तोष चालिसे
काठमाडौं ४ – गगन थापा
काठमाडौं ५ – प्रदीप पौडेल
काठमाडौं ६ – भीमसेनदास प्रधान
काठमाडौं १० – राजेन्द्रकुमार केसी
ललितपुर १ – उदयशमशेर राणा
भक्तपुर २ – दुर्लभ थापा
चितवन १ – विश्व पौडेल
चितवन २ – उमेश श्रेष्ठ
मकवानपुर १ – महालक्ष्मी उपाध्याय डिना

गण्डकी प्रदेशबाट ११

मनाङ – टेकबहादुर गुरुङ
मुस्ताङ – योगेश गौचन थकाली
कास्की १ – किशोरदत्त बराल
नवलपुर १ – डा. शशांक कोइराला
म्याग्दी – खम्बीर गर्बुजा
पर्वत – अर्जुनप्रसाद जोशी
स्याङ्जा १ – राजु थापा
स्याङजा २ – धनराज गुरुङ
तनहुँ १ – रामचन्द्र पौडेल
तनहुँ २ – शंकर भण्डारी
गोरखा १ – राजेन्द्र बजगाईं

लुम्बिनी प्रदेशबाट १४

नवलपरासी १ – विनोदकुमार चौधरी
नवलपरासी (बर्दघाट सुस्ता) २ – देवेन्द्रराज कँडेल
दाङ ३ – दीपक गिरी
गुल्मी १ – चन्द्रकान्त भण्डारी
पाल्पा १ – ज्ञानबहादुर गाहा
कपिलवस्तु २ – सुरेन्द्रप्रसाद आचार्य
कपिलवस्तु ३ – अभिषेकप्रताप शाह
बर्दिया १ – सञ्जयकुमार गौतम
बाँके २ – सुदीपनरसिंह राणा
बाँके ३ – किशोरसिंह राठौर
अर्घाखाँची – पुष्पा भुसाल
रूपेन्देही ३ – बालकृष्ण खाँण
रुपन्देही ४ – प्रमोद यादव
रुपन्देही ५ – भरत शाह

कर्णाली प्रदेशबाट ४

सुर्खेत १ – पूर्णबहादुर खड्का
सुर्खेत २ – हृदयराम थानी
मुगु – ऐनबहादुर शाही
दैलेख २ – दिक्पाल शाही

सुदूरपश्चिम प्रदेशबाट ८

डडेलधुरा – शेरबहादुर देउवा
दार्चुला – दीलेन्द्रप्रसाद बडू
बाजुरा – बद्रि पाण्डे
कञ्चनपुर २ – एनपी साउद
कञ्चनपुर ३ – रमेश लेखक
कैलाली १ – रामजनम चौधरी
कैलाली ४ – वीरबहादुर बलायर
कैलाली ५ – डिल्लीराज पन्त