NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

विश्वका आधा गरिबलाई ऋण राहत दिनुपर्नेमा जोड

काठमाडाैं । विश्वका आधाभन्दा बढी गरिब जनताको हिस्सा ओगटेका ५४ वटा विकासशील अर्थतन्त्रलाई विश्वव्यापी संकटका कारण उत्पन्न समस्या सम्बोधन गर्न तत्काल ऋण राहत दिनुपर्नेमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले जोड दिएको छ ।

विकासशील ५४ वटै देश गम्भीर ऋण समस्यामा रहेका तथा जलवायु जोखिमको उच्च सूचीमा रहेका विश्वका ५० राष्ट्रमध्ये २८ वटालाई चरम वित्तीय आवश्यकता रहेको युएनडिपीले बताएको छ । ती देशले ऋण पुनःसंरचनामा पहुँच नपाएमा गरिबी बढ्ने तथा जलवायु अनुकूलनका निम्ति आवश्यक लगानी गर्न नसक्ने उसको विश्लेषण छ ।

गरिबीको दुष्चक्रबाट उनीहरूलाई जोगाउन तथा उनीहरूको ऋणको बोझ व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायले विलम्ब गर्ननहुनेमा उक्त संस्थाले जोड दिएको छ । दिगो विकासका लक्ष्य प्राप्तिका लागि प्रभावकारी ऋण पुनःसंरचनाका साथै ऋण राहतको प्रस्ताव पनि युएनडिपीले अन्तर्राष्ट्रिय समुदाय एवं धनी राष्ट्रसँग गरेको छ ।