NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

दक्षिण कोरियामा दैनिक ३० भन्दा बढी कोरोना संक्रमित

दक्षिण कोरिया । दक्षिण कोरियामा अहिले पनि दैनिक ३० हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित देखिने गरेका अधिकारीहरुले जनाएका छन् । यहाँ मंगलबार मध्यरातिको तथ्यांकअनुसार ३० हजार पाँच सय ३५ जनामा संक्रमण देखिएको हो ।

अघिल्लो २४ घन्टामा यहाँ त्यो संख्यामा संक्रमित देखिएका त्यहाँका स्वास्थ्य अधिकारीहरुले समाचारमा जनाएका छन् । त्यहाँ अघिल्लो दिन अर्थात् सोमबारका तुलनामा १५ हजार भन्दा बढी संक्रमित थपिएका हुन् । तर अघिल्लो हप्ता यहाँ ३४ हजार भन्दा बढी सङ्क्रमित देखिने गरेकामा एक दिनमा थपिएकामा त्यो भन्दा कम देखिएको बताइएको छ ।

गत हप्ता यहाँ दैनिक २० हजारको हाराहारीमा सङ्क्रमितहरु देखिने गरेका थिए । त्यसका तुलनामा अहिले पुनः संक्रमित बढ्न थालेका पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यहाँ पछिल्ला दुई दिनमा १५ जना सङ्क्रमितको ज्यान गएको छ । यो समेतगरी यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २७ हजार सात सय २३  पुगेको छ ।

कारोना भाइरसको सङ्क्रमण सुरु भएदेखि यहाँ दुई करोड ५० लाखभन्दा बढी नागरिकमा सङ्क्रमण भएको बताइएको छ ।