NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

प्रचण्डविरूद्ध चुनाव लड्ने घोषण गरेकी भट्टले फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं । आगामी कंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा गोरखा २ बाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ डा माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

गाेरखामा कांग्रेसको भोटको रजाइ गर्न नदिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) विरूद्ध बागी उम्मेदवारी दिएकी भट्टले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएकी हुन् ।

आज समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितीजन्य अवस्थाको समिक्षा गरी यो निर्णय लिएको बताएकी छिन् ।

‘असोज २३ गते उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितीजन्य अवस्थाको सूक्ष्म समीक्षा गरी आज मैले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छु,’ उनले भनेकी छिन् ।