NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

घनश्यामले यसकारण मागेका थिए त्रिभुज !

काठमाडौं । नेकपा (एमाले)ले टिकट नदिएपछि पार्टी त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।

निर्वाचन कार्यक्रमअनुसार बुधबार उम्मेदवारहरूलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ ।

सो क्रममा भूसाललाई त्रिभुज चिह्न दिइएको हो । यसअघि उनले यही चिन्ह निर्वाचन आयोगसँग मागेका थिए ।

त्रिभुजको अर्थ लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकास रहेको भुसालको सचिवालयले नेपालवाचलाई जानकारी दिएको छ ।