NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बारामा दुई बालबालिकासहित एकैपरिवारका तीन जनाको हत्या

काठमाडौं । बारामा एकै परिवारका तीन जनाको हत्या भएको छ । प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाका छोरा राजवीर चौधरीको हत्या भएको हो ।

उनीहरूको घाँटी रेटेर हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जनाएका छन् ।

सुजाताका श्रीमान् पनि घाइते अवस्थामा भेटिएका छन् । उनी भने भाग्दै गर्दा दुर्घटनामा परेर घाइते भएको अवस्थामा भेटिएका छन् ।

पारिवारिक कलहका कारण घटना सुजाताका श्रीमान्ले घटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । तर, उनी उपचारमा रहेकाले बयान हुन नसकेका कारण पुष्टि हुन सकेको छैन ।