NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मूल्यवृद्धि ८.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण

काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मूल्यवृद्धि ८.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको केही समयपछि आईएमएफले सो प्रक्षेपण गरेको हो ।

आईएमएफका अनुसार आगमी आर्थिक वर्षमा मुद्रास्फीति दर घटेर ७.१ प्रतिशत सीमित हुने अनुमान गरेको छ । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा कम राख्ने जनाएको छ ।

आईएमएफका अनुसार सन् २०२२ मा विश्वामा महंगी ४.७ प्रतिशतबाट बढेर ८.८ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ ।

त्यसैगरी आईएमएफले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ४.२ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । यता विश्व बैंकले भने चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो । त्यसअघि एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । सरकारले भने चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष राखेको छ ।

आईएमएफले सार्वजनिक गरेको वल्र्ड इकोनमिक आउटलुका अनुसार आगमी आर्थिक वर्ष नेपालको अर्थतन्त्र ५ प्रतिशत त्यसपछि अर्को आर्थिक वर्षमा ५.३ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ ।

त्यस्तै आईएमएफकाअनुसार चालु खाता अर्थतन्त्रको आकारको आधारमा १२.१ प्रतिशतले घाटामा रहने छ । यसका साथै आईएमएफले विश्व अर्थतन्त्रको वृद्धि ३.१ प्रतिशतसम्म सीमित हुने प्रक्षेपण गरेको छ ।