NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रचण्डविरुद्धको उम्मेदवारी फिर्ता लिएपछि के भन्छिन् कांग्रेसकी माधवी भट्ट ?

काठमाडौं । आगामी मंसिर ४ हुने प्रतिनिधिसभाको निर्वाचनमा गोरखा २ मा उठेका माओवादी अध्यक्ष प्रचण्डविरुद्धको उम्मेदवारी माधवी भट्टले फिर्ता लिएकी छिन् । कांग्रेसबाट बागी उम्मेदवारी दिएकी भट्टले पार्टीको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताएकी छिन् ।

राजनीतिक शुद्धिकरणको अभियानबाट पछाडि नहटे पनि गठबनधन भत्किने र यसको असर देशैभर पर्ने प्रधानमन्त्री शेरबहादु देउवा र गृहमन्त्री बालकृष्ण खाँणको अनुरोधमा आफूले उम्मेदवारी फिर्ता लिएको उनको भनाई छ ।

‘नेपाली काँग्रेस पार्टीमा ७० वर्षको लगानी भएको परिवारले पार्टी त्यागेर विद्रोह नगर्न प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण तथा प्रवक्ता प्रकाशशरण महत लगायतका नेताहरूले अनुरोध गरेपछि मैले उम्मेदवारी फिर्ता गरेकी हुँ । पार्टीभित्र र बाहिर राजनैतिक सुद्दिकरणको अभियानबाट म पछि हटेको कदापि होइन’ भट्टले सामाजिक संजालमा लेखेकी छिन्, ‘गोरखा क्षेत्र नं. २ मा मेरो उम्मेदवारी फिर्ता नभए गठबन्धन भत्कने र त्यसको असर देशका प्राय सबै निर्वाचन क्षेत्रमा पुग्ने प्रधानमन्त्री र गृहमन्त्रीको आकलन रहेपछि म पछि हटेकी हुँ ।’

मन नपरेका विषयमा विरोध गर्न प्रधानमन्त्रीले भनेको पनि उनले बताएकी छिन् ।

“तिमी पार्टी नेता कृष्ण प्रसाद भट्टराईको सच्चा अनुयायी हौ र पार्टीमा भट्टराईको धार मासिँदै गएको वेला तिमी स्वतन्त्र उठ्ने र पार्टीले कारबाही गर्ने काम ठिक होइन्। पार्टीभित्रै रहेर आफ्ना असन्तुष्टिहरू अभिव्यक्त गर । मन नपरेका विषयमा विरोध गर । म त्यसलाई गलत मान्दिन ।’ उनले भनेकी छिन् ।

काठमाडौँ क्षेत्र नं. २ लाई राजनीतिक कर्मथलो बनाए पनि मेरो उम्मेदवारीसँगै सहयोग र समर्थनमा उभिएका जन्मस्थल गोरखा जिल्लाका पार्टी पङ्तिभित्र र बाहिर रहेकासँग चुनावी मैदानमा रहन नसके पनि निरन्तर सम्पर्कमा रहिरहने वाचा उनले गरेकी छिन् । आफ्नो उम्मेदवारीलाई निरन्तरता दिन नसकेकोमा उनले माफी पनि मागेकी छिन् ।

उनले कांग्रेस विभाजनको सन्दर्भसमेत जोडेकी छिन् । ‘नेपाली काँग्रेस २०५७ सालमा विभाजन हुँदा सभापति देउवा विभाजनको पक्षमा समर्थन जुटाउन हामी बसेको डेरामा पुग्नु भएको थियो । बुबाले ‘पार्टीभित्र मेरा चरम असन्तुष्टि छन् तर म विभाजनको पक्षमा छैन । पार्टीभित्रै बसेर सङ्घर्ष गर्नेछु भन्नु भएको थियो’ । मैले पनि पार्टीभित्रै बसेर सङ्घर्ष गर्ने निर्णय गरे । यसलाई अन्यथा नबुझ्न मतदाताहरूलाई हार्दिक अपिल गर्दछु ।’ उनले भनेकी छिन् ।

ताजा अपडेट

नेपालवाच विशेष