NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

क्यानडामा दशौँ हजार सालमोन माछा मृत भेटिए

काठमाडौं । क्यानडामा खडेरीपछि दशौँ हजार सालमोन माछा मृत भेटिएका छन् ।

बिबिसीका अनुसार ब्रिटिश कोलम्बियाको साइमन फ्रेजर युनिभर्सिटीको अनुसन्धान समूह निकस नदीमा सालमोनको अनुगमन गर्न गएका थिए । उनीहरूले दशौँ हजारको संख्यामा सालमोन माछा मृत भेटेको बताइएको छ ।

सालमोन माछा फुल पार्ने बेलामा समुन्द्रबाट नुन नभएको नदीको ताजा पानीतर्फ आउने गर्छन् । यसै क्रममा उनीहरूको प्राण गएका हो ।

हरेक शरद ऋतुमा अन्डा पार्न आउने सालमोनको सङ्ख्या गन्न त्यो क्षेत्रमा उनीहरूले पैदल यात्रा गर्ने गर्छन् ।