खल्तीबाट बस टिकट खरिद गर्दा स्मार्टफोन जित्न सकिने अवसर

काठमाडौं । चाडपर्वको अवसरमा अनलाइन भुक्तानी वालेट खल्तिले आफ्ना प्रयोगकर्ताहरूका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्न सक्ने अफर ल्याएको छ । खल्तीमार्फत बस टिकट खरिद गर्ने प्रयोगकर्तामध्ये दुई बिजेताले स्मार्टफोन जित्न सक्नेछन् । यो अफर असोज २७ गतेदेखि कार्तिक २६ गतेसम्म लागु हुने खल्तीले जनाएक छ।
यस अघि पनि भाद्र १९ गते देखि असोज १८ गतेसम्म दशैंको समयमा खल्तीले यही अफर ल्याएको थियो । उक्त अफरमार्फत बस टिकट खरिद गर्ने दुई भाग्यशाली बिजेताले स्मार्टफोन प्राप्त गरेका थिए ।
अफरमा सहभागी हुन खल्ती अकाउन्ट केवाईसी प्रमाणित हुनुपर्ने कम्पनीले जनाएको छ ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ प्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानी मार्फत् हाम्रा प्रयोगकर्ताको चाडपर्वमा बस टिकट काट्ने प्रक्रिया सरल र सहज बनाउन यो अफर ल्याएका हौं।’
ताजा अपडेट
-
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
-
अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने नाउपाको निर्णय
-
भागबण्डामा सम्मानजनक नभए मन्त्रीको नाम नपठाउने शेखर समूहको चेतावनी
-
नयाँ वर्षलक्षित टिसिएलको नगदवृष्टि योजना, सामान खरिदमा ६१ हजारसम्म छुट
-
पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग
प्रतिक्रिया