NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पाहुना मन्त्रीविरुद्ध जब लाग्यो चोर… चोर… को नारा

काठमाडौं (एजेन्सी) । पाकिस्तानमा सत्ता परिवर्तन भए पनि विश्वव्यापी मञ्चमा यसको चरित्र उस्तै छ । विगतमा पनि पाकिस्तानले धेरै पटक सार्वजनिक मञ्चहरूमा विरोधको सामना गरेको छ । यो प्रवृत्ति निरन्तर जारी छ।

यही सिलसिलामा पाकिस्तानका अर्थमन्त्रीले अमेरिकामा चर्को विरोधको सामना गर्नुपरेको खबर छ । जनताले उनको अगाडि चोर… चोर…को नारा लगाएका छन् ।

जानकारी अनुसार पाकिस्तानका अर्थमन्त्री इशाक दार अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन बिहीबार अमेरिका पुगेका थिए । यस क्रममा मानिसहरूले खुलेरै उनलाई चोर र झुटोको आरोप लगाए । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ ।

भिडियोमा एक व्यक्तिले पाकिस्तानी मन्त्रीलाई भनेका छन्, ‘तिमी झुटा र चोर हौ । त्यसपछि उनीहरूसँगै आएका एक अधिकारी आक्रोसित हुन्छन् । उनी जनतालाई जवाफ दिन अगाडि बढ्छन् र रिसाउँदै भन्छन्, मुख बन्द राख । यसक्रममा दुई पक्षबीच चर्को झगडा हुन्छ ।

पाकिस्तानकी सूचना मन्त्री मरियम औरङ्गजेबले पनि यस्तै विरोधको सामना गर्नु परेको थियो । सेप्टेम्बरमा बेलायत भ्रमणको दौरान उनी पाकिस्तानी जनताको निशानामा परेकी हुन् ।

इमरानका समर्थकहरूले घेर्दै उनलाई जनताको पैसा लुटेर लण्डनमा रमाइलो गरिरहेको आरोप लगाएका थिए ।