NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पर्वतमा एक हजार नौ सय कर्मचारी निर्वाचनमा खटाइने

पर्वत । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पर्वतमा एक हजार आठ सय ९४ कर्मचारी खटाइने भएको छ । निर्वाचनका लागि जिल्लाभरका ७४ स्थायी र दुई अस्थायी गरी ७६ मतदानस्थल कायम गरिएको छ ।

निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी, स्वयंसेवकलगायतका कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाबाट एक हजार एक सय ८४ र १० प्रतिशत जगेडा कर्मचारी गरी एक हजार तीन सय दुई जना खटाइने भएको छ भने बाँकीलाई मतदान केन्द्रमा नियुक्त गरिने भएको छ । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार प्रतिमतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी, एक सहयोगी कर्मचारी रहने छन् ।

त्यसैगरी चार जना स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने उनले जानकारी दिए । पर्वतमा ७४ मतदानस्थलमा एक सय ४८ मतदान केन्द्र रहने भएका छन् । त्यसबाहेक कम्तीमा दुईवटा अस्थायी मतदान केन्द्र रहने उनले बताए । जिल्ला कारागार र अर्को कुनै एक ठाउँमा अस्थायी मतदान केन्द्र राखिने भएको छ ।

यसैबीच मतदाता शिक्षा जिल्लास्तरीय समितिसमेत गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद सापकोटाको संयोजकत्वमा रहेको समितिमा जिल्ला समन्वय अधिकारी, सदरमुकाम रहेको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, पत्रकार महासङ्घका प्रतिनिधि र जिल्ला निर्वाचन अधिकारी सदस्यसचिव रहेको समिति गठन गरिएको हो ।

समितिको बिहीबारको पहिलो बैठकले जिल्लाभर मतदाता शिक्षालाई प्रभाकारी ढङ्गले सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै पालिकास्तरमा र वडास्तरमा समिति गठन गरेर घरदैलोमै जनशक्ति परिचालन गरी मतदाता शिक्षालाई प्रभावकारी बनाउने निर्णय भएको निर्वाचन अधिकारी शर्माले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष