NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीहरूलाई भने, ‘चाँडै राजीनामा दिनू, नत्र हटाउँछु’

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरूलाई चाँडै राजीनामा दिन भनेका छन् । यदि, राजीनामा नदिए उनले शुक्रबार नै हटाउने तयारी गरेको स्रोतले जनाएको छ ।

मधेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धबाट अलग भएर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी सहकार्यमा जुटेको छ ।

यसै परिपेक्षमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषद्बाट जसपाका मन्त्रीहरूलाई बिहीबार नै बर्खास्त गरिसकेका छन् । यसैको प्रतिक्रियास्वरुप मुख्यमन्त्री राउतले पनि मधेश सरकारको मन्त्रिपरिषद्बाट कांग्रेसका मन्त्रीलाई हटाउन लागेका हुन् ।

कांग्रेसबाट मधेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । मुख्यमन्त्री राईले फोन गरेर उनीहरूलाई चाँडो राजीनामा दिन भनेका हुन् ।

मुख्यमन्त्री राउतले सत्ता गठबन्धनमै आबद्ध नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरूलाई राजीनामा दिन दबाब नदिएको बताइएको छ ।