NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

महानगरले भत्कायो थापाथलीका यी चार भवन (तस्बिरहरूसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रका चारवटा अनधिकृत भवन भत्काएको छ ।

बागमती किनारको सडक छेउमा रहेका क्रियापुत्री भवन, ब्रम्हकुमारीको भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवनमा शुक्रबार महानगरले डोजर चलाएको छ ।

महानगरले थापाथली क्षेत्रमा शुक्रबारदेखि डोजर चलाउन सुरु गरेको हो ।

अवैध संरचना भत्काउने मेयर बालेन शाहको अभियान जारी छ । यसअघि, बानेश्वर, न्युरोड, बालाजु, बसुन्धारा, असन, टुकुचा खोलालगायतका क्षेत्रमा महानगरको डोजर पुगिसकेको छ ।

थापाथली पुग्यो बालेनको डोजर !