NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

५ वर्षीया छोरीले भनेको नमान्दा आमाको गयो ज्यान

गाजियाबाद । भारतको उत्तर प्रदेशस्थित गाजियाबादको मसुरी सहरमा ३५ वर्षीया महिलाको दर्दनाक हत्याको घटना बाहिर आएको छ । गाजियाबादमा एक व्यक्तिले आफ्नी श्रीमतीको खुकरी प्रहार गरी हत्या गरेको खबर बाहिर आएको हो  ।

भारतीय सञ्चारमाध्यमका अनुसार छोरीको कुराबाट रिसाएर आफ्नी श्रीमतीमाथि कुटपिट गरी उनको ज्यान लिएका छन् । उनले आफ्नी ५ वर्षकी छोरीलाई केही भन्दा नसुनेपछि रिसाएर आफ्नी श्रीमतीमाथि चक्कु प्रहार गरेर हत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।

महिलाका श्रीमानले मामूली कुरालाई लिएर आक्रोशित भएर छुरा प्रहार गरेको आरोप छ । प्रहरीले बिहीबार सो जानकारी दिएको हो ।

बुधबार राति सादाबले आफ्नी पाँच वर्षीया छोरी साबालाई बेडसिट ल्याउन भने तर उनी खेल्न व्यस्त थिइन्। यो देखेर शादाब यति रिसाए कि उनले आफ्नी श्रीमती शबाना उर्फ ​​शब्बोलाई कुटपिट गरे । श्रीमतीले विरोध गर्दा उनले चक्कु प्रहार गरी उनको हत्या गरेका थिए ।

महिलाका बुवा महिलाका बुबा अली हसनले हत्याविरूद्ध मुद्दा दर्ता गराएका छन् । (हिन्दी समाचरबाट)