NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सहायता गर्दै

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सांगीतिक उपकरण र खेलकुद सामग्रीहरु उपलब्ध गराएको छ । शाओमी नेपालले समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रूपमा अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दै आएको छ ।

कार्यक्रमबारे बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाज्युले भने, ‘हामी सँधै हामीले काम गरेको समुदायको उत्थान गर्ने कुरामा विश्वास गर्छौं । व्यापारको साथसाथै समुदायप्रतिको हाम्रो दायित्वको बारेमा हामी सचेत छौं । चाडपर्वहरू नजिकिँदै गर्दा दुःखमा परेकाहरुलाई सहयोग गर्ने यो भन्दा राम्रो अवसर अरु के होला । विद्यार्थीहरूसँग समय बिताउन पाउनु हाम्रो लागि एउटा फरक अनुभव थियो । अप्ठेरोमा परेकाहरूलाई हामी निरन्तर सहयोग गर्नेछौं र यो हाम्रो सानो प्रयासले निकट भविष्यमा सकारात्मक नतिजा ल्याउनेछ भन्ने मलाई विश्वास छ ।’

शाओमी नेपालले आफ्नो समुदायमा सेवा प्रदान गर्नका लागि विभिन्न गतिविधिहरू गर्दै आएको छ । विद्यार्थीहरूसंग समय बिताई शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनका विद्यार्थीहरूलाई खेलकुदका सामग्री तथा संगीतका साधनहरू उपलब्ध गराउन मद्दत गरेको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाज्युले डीएसए स्कूलका प्रिन्सिपल दयाराम महर्जनलाई सामग्री हस्तान्तरण गरेका थिए ।

शाओमी नेपालले टेकवान्डो जस्ता खेलकुदमा संलग्न बालबालिकाहरूलाई उनीहरूको प्रतिभा र आत्मरक्षा सीपहरू निखार्न खेल सामग्रीहरू र संगीतमा इच्छुकहरुका लागि हर्मोनियम, धिमे, सारंगी र तबला जस्ता सांगीतिक यन्त्रहरू उपलब्ध गराएको छ ।

शाओमी नेपालले समाजप्रतिको आफ्नो जिम्मेवारीबारे सचेत एक परोपकारी व्यवसायिक संस्था हो । शाओमी नेपालले समाजमा केहि सकारात्मक गर्ने र खुशी फैलाउने कुरामा दृढ विश्वास गर्दछ । विगतका दिनहरुमा पनि शाओमी नेपालले धेरै कल्याणकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहने जनाएको छ ।