NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अब पानी पर्दैन : मौसमविद्

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अबका दिनमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

रातिको समयमा देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ ।

भोलि आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली रहनेछ ।

राजधानी काठमाडौँमा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।

झण्डै दुई साता लगातारको वर्षाले काठमाडौँसहित देशका कतिपय स्थानमा चिसो बढेको थियो । पछिल्ला दिनमा घाम लागिरहेकाले तापक्रम पनि स्थिर रहेको छ । आज काठमाडौँको न्यूनतम १५ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियस रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष