NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भाइबरले विश्वकप क्रिकेट २०२२ को रोमाञ्चक गतिविधिमा थप्यो नयाँ क्रिकेट सुपरबट

काठमाडाैं । राकुटेन भाइबरले लगातार दोस्रो वर्ष पनि आफ्नो विश्वकप क्रिकेट क्याम्पेन सार्वजनिक गरेको छ ।

भाइबरले रमाइलो गेम, आकर्षक पुरस्कारहरू र अन्य धेरै कुराहरूले भरिएको नयाँ क्रिकेट सुपरबटका साथ क्रिकेट फ्यानहरूमाझ एक(महिने लामो क्रिकेट उत्सव ल्याउँदै क्याम्पेन सार्वजनिक गरेको हो ।

विगत दुई वर्षयता राकुटेन भाइबरले क्रिकेट जगत्लाई निरन्तर साथ र सहयोग गर्दै आइरहेको छ । यस वर्ष पनि क्रिकेट उत्सवलाई अझ उत्कर्षमा पुर्याउँदै राकुटेन भाइबरले क्रिकेट फ्यानहरूका निम्ति क्रिकेटको माहोललाई थप सानदार र रोमाञ्चक बनाउने भएको छ । आफ्नो क्याम्पेनको एक भागको रूपमा, राकुटेन भाइबरले विविध अन्तर्क्रियात्मक गेमहरूको साथ आफ्नो बहु-प्रतिक्षित क्रिकेट सुपरबट (Cricket Superbot) सार्वजनिक गरेको छ । स्वचालित फिचरको रूपमा रहेको नयाँ सुपरबट क्रिकेट भाइब्स च्यानलको एक हिस्साको रूपमा रहनेछ, जहाँ क्रिकेट प्रेमीहरूले गेममा जोडिन, प्रत्यक्ष अपडेटको रमाइलो लिन, खेलहरूको अनुमान लगाउन र अन्य धेरै कुराहरूको सुविधा प्राप्त गर्न सक्नेछन् ।

दराजको साथ, क्रिकेट प्रेमीहरूले दैनिक रूपमा हुने क्विजहरूमा जोइन भएर क्रिकेट सुपरबट क्विज सेक्सनमा प्रश्नहरूको सही उत्तर दिई नगद पुरस्कारहरू जित्न सक्नेछन् । अक्टोबर महिनाको अन्तिमसम्ममा सर्वाधिक स्कोर जम्मा गर्ने उत्कृष्ठ १० फ्यानहरू विजयी हुनेछन् । ‘हामीले गत वर्षको क्रिकेट फियस्टाको बारेमा धेरै कुराहरू सुनेका मात्र छौँ, त्यसैले भाइबरसँगको साझेदारीमार्फत् नेपाली क्रिकेट प्रेमीहरूका निम्ति खुशी र उत्साह ल्याउन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । क्रिकेट फ्यानहरूका निम्ति हामीसँग प्रशस्त पुरस्कारहरू छन्, तसर्थ, उनीहरूले स्टेडियमभित्र र बाहिर उत्तिकै रमाइलो अनुभव गर्नेछन् भन्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौँ ।’ दराजका पेमेण्ट र पार्टनरशिप प्रमुख अर्जुन फुँयालले बताए ।

फ्यानहरूका निम्ति आकर्षक पुरस्कारहरू जित्ने अर्को सजिलो अवसर हो, प्रेडिक्सनमा सामेल हुनु, जहाँ पहिलो टस देखि टिम स्कोर र म्याचको विजेता देखि सम्पूर्ण खेल कस्तो रहनेछ भन्ने कुराहरूको अनुमान लगाउन सकिनेछ । श्रीलङ्का, नेपाल, बङ्गलादेश र भारतबाट टोर्नामेन्टको अन्त्यसम्ममा सर्वाधिक स्कोर जम्मा गर्ने उत्कृष्ठ ३ फ्यानहरूलाई भाइबरको तर्फबाट विशेष उपहारको व्यवस्था पनि गरिएको छ ।

प्रयोगकर्ताहरूले भर्चुअल क्रिकेट खेलहरू पनि खेल्न सक्छन् र घरमै बसीबसी आरामले रन स्कोर गर्न सक्नेछन् । क्रिकेट विश्वकप अवधिभरका लागि आफ्नो मनपर्ने क्रिकेटरहरू जस्तै महसुस गर्दै क्रिकेट सुपरबटमार्फत् आफूलाई मनपर्ने क्रिकेट खेलाडीजस्तै वास्तविक खेलमा जस्तैगरि ब्याटिङ गर्न सक्नेछन् ।
“गत वर्षको क्रिकेट फियस्टामा हामीले पाएको अपार सफलतासँगै यस वर्षको उत्सवका निम्ति अझ भव्य माहोल सृजना गर्न हामीलाई खासै विचार गरिरहनु परेन । क्रिकेट प्रेमीहरूले गत वर्षको हाम्रो अभियानलाई बडो उत्साह र उर्जाका साथ लिएको हुनाले यस वर्ष क्रिकेट सुपरबटका साथ हामीले अझ भव्य र बृहत्तर बनाउने निर्णय गरेका हौँ । पहिलेदेखि नै लोकप्रिय रहँदै आएका हाम्रा विविध गतिविधिहरूमाझ क्रिकेट सुपरबट अर्को ठूलो उपलब्धी हो । यस वर्षको टोर्नामेन्ट हामीले क्रिकेट च्यानलको साथ मनाउनेछौँ र यसै गरी आगामी वर्षहरूमा पनि मनाइरहने छौँ भन्ने आशा गर्दछौँ ।’, राकुटेन भाइबरमा एसिया प्यासिफिकका लागि सिनियर डाइरेक्टर डेभिड चेले बताए ।

यसका अतिरिक्त, भाइबरको क्रिकेट विश्वकप २०२२ क्याम्पेनमा समावेश गरिएका अन्य फिचर र गतिविधिहरू हुन् -कस्टम लेन्सहरू, स्टिकर प्याक, क्रिकेट भाइब्स च्यानलमा क्रिकेट फिक्सचर र क्रिकेट गफ । फ्यानहरू अब क्रिकट सुपरबटको मज्जा लिन सक्नेछन र यो क्रम यस वर्षको टोर्नामेन्टभरि जारी राख्न सक्नेछन् ।