NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

‘झोला बोक्न सदस्यता लिएको ?’ भन्दै स्थानीय नेताले छाडे कांग्रेस

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बनाएर चुनावी मैदानमा हेलिएको छ । गठबन्धनको बलमा सबैभन्दा ठूलो दल बन्ने उद्देश्यसहित कांग्रेस अघि बढिरहँदा यसप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट अलग हुने श्रृंखला पनि जारी छ ।

यस्तैमा काभ्रे कांग्रेसका स्थानीय नेता गोपाल कुइँकेलले कांग्रेस परित्याग गरेका छन् । कुइँकेल नमोबुद्ध–७ का कांग्रेस सभापति हुन् ।

कुँइकेलले असोज २७ गते नगर सभापतिलाई राजीनामा बुझाउँदै वडा सभापति र पार्टी साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् ।

राजीनामा पत्रमा कुँइकेलले पार्टीले कहिल्यै कामको मूल्यांकन नगरेकाले अलग हुने निर्णय लिएको उल्लेख गरेका छन् ।  रोजगारीलगायत विषयमा आफूलाई सोधनी नगरिएको विषयमा उनले सबैभन्दा बढी चित्त दुखाएका छन् ।

‘नगरमा विजय भएपछि आजसम्म मसँग कुनै सरसल्लाह नगरी नगरमा रोजगारीलगायतका विषयमा समेत एक वचन सल्लाह गरिएन । जहिल्यै झोला मात्र बोक्न म कांग्रेस बनेको हो ?’ उनले राजीनामा पत्रमा प्रश्न गरेका छन् ।