NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अचानक सहकारी बैंकबाट १५० करोड रूपैयाँ अन्य खातामा जान थालेपछि…

काठमाडाैं । भारतको उत्तर प्रदेशको राजधानी लखनउमा साइबर अपराधको सनसनीपूर्ण घटना भएको छ । हजरतगञ्ज डीएम निवास नजिकै रहेको सहकारी बैंकको खाताबाट ठगीहरूले करिब १५० करोड रूपैयाँ चोरी गरेका छन् ।

लखनाउको सहकारी बैंकबाट दिउँसो २ बजे बैंकबाट पैसा अन्य खाता र फर्ममा जान थाल्यो । पैसा ट्रान्सफर हुन थालेपछि कर्मचारीले यसबारे म्यानेजरलाई जानकारी गराएका थिए थिए ।

म्यानेजरले तुरुन्तै प्रहरीलाई बोलायो । त्यसपछि प्रहरीले पैसा अन्य खातामा फर्ममा गएका ती सबै बैंक खाता रोक्का गरिदियो ।

यसबारे बैंकका अधिकारीहरूले साइबर अपराध मुख्यालयलाई जानकारी गराएका थिए । प्रहरीले यस घटनामा सहकारीकै एक कर्मचारीलाई नियन्त्रणमा लिएर, उनीसँग सोधपुछ भइरहेको जनाएको छ ।