NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बालबालिकाको आँखा कसरी स्वस्थ राख्ने ?

काठमाडौं । बालबालिकालाई स्वस्थ तथा तन्दुरुस्त राख्न अभिभावक सचेत हुन्छन् । त्यसको लागि अभिभावक बच्चाको खानामा धेरै कुरा समावेश गर्छन् । स्वस्थ खानाले मात्र बाबालिकाको शरीर बलियो र तन्दुरुस्त हुनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ ।

अहिले बालबालिकामा लामो समयसम्म टिभी तथा मोबाइल हेर्ने बानिको विकास भएको छ । जसले उनीहरुको आँखा सानै उमेरमा कमजोर बनाइरहेको छ । कम उमेरमा नै आँखा कमजोर हुँदा पछि झन समस्या निम्तिन सक्छ । त्यसैले उनीहरुको स्वास्थ्यका लागि खाना स्वस्थ हुन जरुरी छ ।

कस्ता खानेकुरा खुवाउने
बालबालिकाको खानामा प्राेटिन तथा भिटामिनयुक्त खानेकुरा समावेश गर्नुपर्छ । यसले शरीर स्वस्थ राख्ने र राेग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ । अमलामा  भिटामित ‘सी’  पाइन्छ जसले आँखाको ज्वति बढाउँछ । अमला बच्चाकाे खानामा समावेश गर्दा यसले उनीहरूकाे आँखाकाे कमजाेरीपन हटाउँन मद्त गर्छ ।

त्यस्तै,  बच्चाको खानामा सखरखण्ड समावेश गर्नु पर्छ । यसमा पाइने बिटा क्यारोटिनले पनि आँखाको ज्वति बढाउँछ । यसमा भिटामिन ‘ए’ र भिटामिन ‘सी’ प्रचुर मात्रामा पाइन्छ, जुन आँखाको लागि राम्रो हुन्छ। गाजर धेरैजसो बालबालिकालाई मनपर्छ। गाजरमा फाइबर, प्रोटिन, भिटामिन ‘ए’ र भिटामिन ‘के’ पाइन्छ । यसमा पाइने खनिजले आँखालाई स्वस्थ राख्छ ।

यसै गरी बालबालिकाकाे खानामा एभोकाडो राख्न सकिन्छ यसमा हुने पोटासियम, फोलेट, भिटामिन ‘ई’, भिटामिन ‘सी’, र भिटामिन ‘ए’ ले आँखा तेजिलो बनाउँनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ ।

जसले बालबालिकालाई मौसमी रोगबाटसमेत बचाउँछ ।  बालबालिकाको आँखाका लागि हरियो सागसब्जी निकै आवश्यक छ । भिटामिन ‘ए’ युक्त हरियो सागसब्जीमा क्यारोटिनोइडको एन्टी अक्सिडेटिभ गुण पाइन्छ । जसले आँखालाई फ्री रेडिकलबाट टाढा राख्छ ।