NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कसरी मत्थर भयो कांग्रेसको टिकट विवाद ?

टिकट वितरणमा सम्मानजनक सिट माग्दै संस्थापन पक्षविरुद्ध धर्ना र भेला गरेको कांग्रेसको असन्तुष्ट समूहले निर्वाचन नजिकिँदै गर्दा विवाद मत्थर पारेको छ । आफ्नो समूहको नेतृत्वले आफ्नो सिट सुरक्षित गर्न असन्तुष्टि लुकाएको सोही समूहका कतिपय नेता–कार्यकर्ताको आरोप छ ।

प्रचार सुरु भएसँगै तत्कालका लागि विवाद थाती राखेर टिकट पाएका इतर समूहका नेता निर्वाचन तयारीमा जुटेका छन् । समानुपातिक र प्रत्यक्षतर्फका दुवै टिकटमा संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाएको इतर समूहका नेताको बोली अचानक फेरिएको छ ।

इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले सोमबार मात्रै पार्टी सभापति शेरबहादुर देउवा र आफूबीच कुनै मतभेद नरहेको बताएका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजित चुनावी कार्यक्रममा उनले १४औँ महाधिवेशन र स्थानीय तह निर्वाचनको तुष नराख्न नेता–कार्यकर्तालाई आग्रहसमेत गरे ।

‘महाधिवेशनमा शेरबहादुरजी र म प्रतिस्पर्धामा थियौँ । पार्टीको आन्तरिक प्रतिस्पर्धामा वडादेखि केन्द्रसम्म समूह बनाएर लडेका थियौँ,’ कोइरालाले भनेका थिए, ‘अब महाधिवेशन र स्थानीय तह निर्वाचनको तुषलाई त्यागौँ । मैले त त्यागिसकेँ । अहिले देउवाजी र म एकैठाउँमा उभिएका छौँ । म पटकपटक शेरबहादुरजीलाई गएर भेटिरहेको छु । उहाँले मेरो कुरा सुनिरहनुभएको छ, मानिरहनुभएको छ । तपाईंहरू किन लडिरहनुभएको छ ? लडेर के पाउनुहुन्छ ?’

सुरुमा कांग्रेसको इतर समूहका नेता गठबन्धनकै विपक्षमा थिए । तर, डा. कोइराला २३ असोजमा उम्मेदवारी दर्तापछि खुलेर गठबन्धनको पक्षमा बोलेका थिए । उनले गठबन्धन गर्दा भनेजति सिट नपाउनु स्वाभाविक भएको बताएका थिए । ‘हामीले गठबन्धन किन गर्नुपर्‍यो भन्ने महत्वपूर्ण हो । ट्रयाकबाहिर गएको संविधानलाई ट्रयाकमा ल्याउनु थियो,’ कोइरालाले भनेका थिए, ‘गठबन्धन गर्दा कतिपय कुरा हामीले भनेजस्तो हुँदैन । टिकट वितरणमा पनि त्यो सम्भव नहुनु स्वाभाविक हो । त्यसलाई अन्यथा लिनुहुँदैन ।’

निर्वाचनका मुखमा आएको कोइरालाको अभिव्यक्तिमा आएको बदलावलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । स्थानीय निर्वाचनलगत्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा महाधिवेशनमा प्राप्त मतका आधारमा ४० प्रतिशत हिस्सा माग गर्दै दबाबमूलक गतिविधि गर्दै आएको थियो । स्थानीय निर्वाचनपछि १७ असारमा कोइराला र महामन्त्री थापाको उपस्थितिमा इतरले भेला गरेर स्थानीय निर्वाचनको टिकट वितरणमा बेवास्ता गरिएको निष्कर्ष निकाल्दै नेतृत्वविरुद्ध दबाब बनाउने निर्णय गरेको थियो ।

त्यसो त कांग्रेस महामन्त्री गगन थापाले पनि विवाद थाती रहेको सन्देश उम्मेदवारी दर्ता गर्दाकै दिन दिएका थिए । २३ असोजमा उम्मेदवारी दर्तापछि महामन्त्री थापाले असन्तुष्टि कायमै रहेको र निर्वाचनलगत्तै समीक्षा हुने बताएका थिए । ‘पार्टीभित्र अहिले मौका पाउनुनपर्ने एउटै मात्र पनि कारण नभएका नेता फेरि यसपटक निर्वाचनको मैदानबाट बाहिर हुनुभएको छ । उहाँहरूले टिकट पाउनुभएको छैन,’ थापाले भनेका थिए, ‘यसको जवाफ नेतृत्वले दिनुपर्छ । यसलाई अहिले मुल्तबीमा राख्नेछौँ । निर्वाचनपछि छलफल गर्नेछौँ ।’

त्यसो त कांग्रेसमा टिकट वितरणलाई लिएर संस्थापन पक्षकै नेताहरू पनि असन्तुष्ट छन् । संस्थापननिकट केन्द्रीय सदस्य नैनसिंह महरले टिकट वितरणमा असन्तुष्टि जनाउँदै आगामी महाधिवेशनमा महामन्त्रीको तयारीमा केन्द्रित हुने घोषणा गरेका छन् । महर टिकट वितरणमा युवा पुस्तालाई नेतृत्वले विश्वास नगरेको बताउँछन् । ‘टिकट वितरणमा युवाको उपस्थिति दयनीय नै देखिन्छ । युवाको नेतृत्व गरेर टिकट वितरण कमिटीमा भएकाले यसमा वकालत गर्न सकेनन् । उनीहरू पुरानो नेतृत्वको छायामा रहे । युवाको उम्मेदवारीमा नेतृत्वमा रहेका नै बाधक बने, समीक्षा आवश्यक छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।