NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

छापामा आज : कसले के लेखे ?

काठमाडौं । पछिल्लो समय संघीय राजधानी काठमाडौंकेन्द्रित अखबारहरूको प्राथमिकतामा निर्वाचनसँग सम्बन्धित विषय परिरहेका छन् । आज पनि अधिकांश दैनिक पत्रिकाको मुख पृष्ठमा निर्वाचनसँग सम्बन्धित सामग्री नै ज्यादा ठाउँ पाएका छन् ।

यसबाहेक कमेडियन अपूर्व क्षीतिजमाथि राज्यले गरेको ज्यादति, बिहीबार सम्पन्न नवौं राष्ट्रिय खेलकुदलगायत विषयलाई पनि अखबारहरूले उत्तिकै महत्त्व दिएर समेटेका छन् ।

नयाँ पत्रिका दैनिकले मधेसकेन्द्रित दलका ठूला नेताको अवस्थाबारे विश्लेषण गरेको छ । समाचारअनुसार, मधेसकेन्द्रित ठूला दलका नेता सबै रेड जोनमा छन् ।

मधेस आन्दोलनको क्षयीकरण, अस्वाभाविक गठबन्धन र स्थानीय निर्वाचनको मत परिणामले मधेसका शीर्ष अप्ठ्यारोमा रहेको देखाएको नयाँ पत्रिका समाचारको सार छ ।

नागरिकले विगतमा एउटै दलमा रहे पनि अहिले फरक दलबाट चुनावी प्रतिस्पर्धा गर्न लागिरहेका नेताहरूबारे कम्पाइल समाचार लेखेको छ । ‘पहिले सहयात्री, अहिले प्रतिस्पर्धी’ शीर्षक समाचारमा नागरिकले लेखेको छ– मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा महिला एउटै दलका सहकर्मीका साथै चुनावी तालमेल गरेर सहयात्री बनेका नेताहरू नै मुख्य प्रतिस्पर्धीका रूपमा खडा भएका छन् ।

नवौं राष्ट्रिय खेलकुदको समाचारलाई पनि नागरिकले पहिलो पृष्ठमा छापेको छ । नागरिकका अनुसार, पीडा र उत्साहबीच राष्ट्रिय खेलकुदको नवौं श्रृंखला सकिएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले उम्मेदवारीमा महिलालाई हदै उपेक्षा गरेको लेखेको छ भने कारोबारले शिक्षाको बजेट खर्चको पारदर्शितामाथि चिरफार गरेको छ ।

कान्तिपुरले चाहिँ वैदेशिक रोजगारीले छिन्नभिन्न पारिवारिक अवस्थाबारे चिहाएको छ । ‘आमाहरू पर्खंदै झ्यालैमा’ शीर्षक फिचरमा कान्तिपुर लेख्छ– देशमा रोजगारी छैन, खाडी, मलेसिया जान खर्च छैन । थोरै कमाइका लागि भारत गएका छोराहरू उतै हराएपछि आमाहरूको मनमा शान्ति छैन ।’

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज