NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

देउवाले २०७४ सालमा बालबाल चुनाव जितेका थिए ? के होला यसपटक ?

काठमाडौं । २०७४ सालमा एमाले र माओवादी मिलेर चुनाव लड्दा कांग्रेसको बिजोग भएको थियो । अर्थात प्रत्यक्षमा कांग्रेस जम्मा २३ सिटमा सीमित भएको थियो । एक दुई जनाबाहेक कांग्रेसका अधिकांश प्रभावशाली र सिनियर नेता पराजित हुन पुगेका थिए ।

यसैले सत्ता समीकरण पनि भएको माओवादी, नेकपा एससहितका दलसँग देउवाले ३० वैशाखमा भएको चुनावमा तालमेल गरेर पार्टीलाई पहिलो बनाए । यसै गठबन्धनलाई निरन्तरता दिएर देउवाले ४ मंसिरको चुनाव पनि देउवाले सत्ता गठबन्धनलाई एक ठाउँमा राखेर गराउँदैछन् । स्थानीय तह चुनावमै तालमेल गर्ने वा नगर्नेबारे कांग्रेसमा डिबेट थियो । यस्तो डिबेट प्रदेश र प्रतिनिनिधिसभाको निर्वाचनमा कम भएन । तर देउवा तालमेल गर्नबाट पछाडि हटेनन् ।

मुख्यगरी १४ औं महाधिवेशनमा हारेको शेखर कोइराला पक्षले तालमेल विरोधी विषय उठाइरहँदा सभापति शेरबहादुर देउवा भने चुनावी तालमेलले कांग्रेसलाई थप बलियो बनाउने बताउँदै आएका थिए । उनलाई यसपटक नेता रामचन्द्र पौडेलले पनि साथ दिए । जसले गर्दा शेखर कोइराला पक्ष पनि तालमेलको पक्षमा उभिन पुग्यो ।

‘मलाई अहिले माओवादीलाई बोकेको भनेको के हो ? हिजो माओवादीलाई बोकेको गिरिजाबाबुले होइन ? हिजो गिरिजाबाबुले माओवादीलाई बोक्दा तपाईंहरू कसैले प्रश्न गर्नुभयो ?’ देउवाले कड्किंदै स्थानीय तहको निर्वाचन अघि भनेका थिए, ‘अहिले मलाई माओवादीलाई बोक्यो नभन्नुस् । हिजो चुनावमा गठबन्धन नगर्दा तपाईंहरू पनि पराजित हुनुभएको होइन ? म आफैं पनि २०७४ सालमा मुस्किलले चुनाव जितेंको हुँ।’

फेरि पनि गठबन्धन नगरिए कांग्रेसका सिनियर नेताको हालत पनि पहिलेकै जस्तो हुने चेतावनी देउवाले दिएका थिए । जसले धेरै नेतालाई फेरि चुनाव हारिने हो कि भन्ने झस्का लागेको थियो ।

के साँँच्चै देउवाले २०७४ सालमा बालबाल चुनाव जितेका थिए ?

२०७४ सालमा देउवा डडेल्धुरा १ बाट उठेका थिए । देउवा २८ हजार चार सय ४६ मत ल्याएर विजयी भएका थिए । एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर लडेको चुनामा देउवाविरुद्ध माओवादीका खगराज भट्टले २१ हजार चार सय ९८ मत ल्याएका थिए । निर्वाचनमा दुई दल मिल्दा देउवाले ६९४८ मत अन्तरले जितेका हुन् । एमाले र माओवादी मिल्दा पनि देउवाले जितेको यो अन्तर कम भने होइन । तर देउवाले झण्डै सात हजारको यो अन्तरलाई पनि बालबाल भनेका छन् ।

देउवाको क्षेत्रमा राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले ८५७, स्वतन्त्रका कर्णसिंह रावलले १४०, राष्ट्रिय जनमोर्चाका लालबहादुर जाग्रीले १०३, नेपाल दलित पार्टीका रमेश टमाटाले ८३ मत ल्याएका थिए ।

देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सबै निर्वाचन जित्ने नेतासमेत हुन् ।

कांग्रेसले प्रतिनिधिसभाका १६५ मध्ये जम्मा २३ सिटमा मात्रै चुनाव जितेको थियो । जसमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, डा। प्रकाशशरण महत, डा। रामशरण महत, अर्जुननरसिंह केसी, विश्वप्रकाश शर्मासहितका प्रभावशाली नेता नै पराजित हुन पुगेका थिए ।

को छन् यसपटक देउवाका प्रतिस्पर्धी ?

यसपटक देउवा पुरानै निर्वाचन क्षेत्र डडेल्धुराबाट उठ्दैछन् । यसपटक उनलाई टक्कर दिने माओवादी उनैको सहयोगी बनेर सँगै गठबन्धनमा छ । प्रतिस्पर्धी एमालेले उम्मेदवारी फिर्ता गरेर पहिले कांग्रेसमा रहेर अहिले बिपी कांग्रेसबाट उम्मेदवारी दिएका कर्ण मल्ललाई समर्थन गरेको छ । मल्ल कुनै समय देउवाका स्वकीय सचितसमेत थिए । तर यसपटक उनै मल्ल र देउवालाई टक्कर दिन अघि सरेका छन् ।
यतिमात्रै होइन देउवालाई टक्कर दिन सागर ढकाल पनि यतिखेर डडेल्धुराका कुन कन्दरा घुमिरहेका छन् । ढकाल बिबिसीको साझा सवालमा देउवालाई अक्सफोर्ड पढेर आएको व्यक्ति नेपालमा कहिले प्रधानमन्त्री हुने भनेर प्रश्न सोध्दै चर्चामा आएका थिए । उनी अक्सफोर्डमा पढेर आएपछि अहिले देउवासँग चुनावमा उठ्न लागेका हुन् । एमालेका बागी विक्रम शाही, राप्रपाका गोविन्द खडायत र जसपाका श्याम सिनाल प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारमा सागर ढकाल, लालबहादुर कठायत र कर्णसिह रावल प्रतिस्पर्धामा छन् ।

के छ देउवाको मतको अवस्था ?

२०७४ सालमा देउवा डडेल्धुरा १ बाट उठेका थिए । देउवा २८ हजार चार सय ४६ मत ल्याएर विजयी भएका थिए । एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर लडेको चुनावमा देउवाविरुद्ध माओवादीका खगराज भट्टले २१ हजार चार सय ९८ मत ल्याएका थिए । निर्वाचनमा दुई दल मिल्दा देउवाले ६९४८ मत अन्तरले जितेका हुन् । एमाले र माओवादी मिल्दा पनि देउवाले जितेको यो अन्तर कम भने होइन । तर देउवाले झण्डै सात हजारको यो अन्तरलाई पनि बालबाल भनेका छन् ।

देउवाको क्षेत्रमा राष्ट्रिय मुक्ति आन्दोलन नेपालका लक्ष्मीदत्त भट्टले ८५७, स्वतन्त्रका कर्णसिंह रावलले १४०, राष्ट्रिय जनमोर्चाका लालबहादुर जाग्रीले १०३, नेपाल दलित पार्टीका रमेश टमाटाले ८३ मत ल्याएका थिए ।

देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सबै निर्वाचन जित्ने नेतासमेत हुन् । उनी पाँचपटक प्रधानमन्त्री भइसकेका छन् । गठबन्धनको बलमा चुनाव जिते फेरि उनी प्रधानमन्त्रीका दाबेदार हुन् ।

स्थानीय तहमा के छ मतको अवस्था ?

३० वैशाखमा भएको चुनावमा डडेल्धुराका वडाध्यक्षतर्फ कांग्रेसले २१७३५, माओवादीले १२८७८, एमालेले १०४४९, नेकपा एसले ५०४१, राप्रपाले ७१४ र जसपाले १५६ मत ल्याएका थिए ।

देउवाको क्षेत्रमा गठबन्धनको मत ३९६५४ छ । एमाले यो क्षेत्रमा २९२०५ मतान्तरले पछाडि छ । सत्ता गठबन्धन एक ठाउँमा उभिंदा एमाले, कांग्रेस, बिपी र राप्रपासहितका दल एक ठाउँमा उभिए पनि देउवालाई हराउन कठिन पर्ने देखिन्छ ।

अघिल्लोपटक एमाले र माओवादी मिल्दा पनि देउवा जित्न पुगेका थिए । एमालेकोभन्दा राम्रो मत भएको माओवादी यसपटक कांग्रेससँगै छ । जिल्ला सभापति हुँदाको प्रभाव र एमालेको साथले देउवालाई जाने केही मत प्रभावित भए पनि हराउने गरी मत बटुल्न मल्ललाई कठिन हुने देखिन्छ ।

राष्ट्रिय रुपमा चर्चा बटुलेका सागर ढकालले देउवालाई जाने धेरै मत काट्दा भने मल्लले देउवालाई चुनौती दिन सक्छन् ।