NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कांग्रेसको वागमती प्रदेश परिचालन उपसमितिको सह–संयोजकमा आचार्य

काठमाडौं । कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन –२०७९, केन्द्रीय परिचालन समिति” को वागमती प्रदेश परिचालन समन्वय उपसमितिको सह–संयोजकमा काभ्रेका मधु आचार्यलाई मनोनयन गरिएको छ ।

समितिका संयोजक गोपालमान श्रेष्ठले आचार्यलाई सह–संयोजकमा मनोनित गरेका हुन् । आचार्य कांग्रेस काभ्रेका पूर्व सभापति हुन् ।

कांग्रसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि देशैभर नेता कार्यकर्ता परिचालन गरिरहेको छ । यसलाई थप व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमितिमार्फत काम गरिहेको छ ।

कांग्रेसले १६५ प्रतिनिधिसभा क्षेत्रमध्ये ९१ क्षेत्रमा उम्मेदवारी दिएको छ ।