NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

धनराज गुरुङ चढेको कार दुर्घटना

काठमाडौं । कांग्रेस उसभापति एवं स्याङजा २ का उम्मेदवार धनराज गुरुङ चढेको कार दुर्घटनामा परेको छ । चुनावी प्रचारका क्रममा बा १६च ५४४९ नम्बरको टोयटा कार दुर्घटनामा परेको हो ।

गुरुङले कालीगण्डकी ६, इम्सिलको कार्यक्रमबाट फर्किने क्रममा गल्याङ बटुवामा कार सामान्य दुर्घटनामा परेको जनाएका छन् । गाडीको अवस्था हेर्दा सडकबाट भित्ताको नालीमा आधा भाग खसेको देखिन्छ ।

दुर्घटना सामान्य भएको भन्दै कारमा सवार सबै जना सुरक्षित भएको गुरुङले बताएका छन् ।

गुरुङले स्याङजाबाट पहिलोपटक ४ मंसिरमा हुने चुनावमा प्रतिनिधिसभाको टिकट पाएका हुन् ।