NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सिटिजन्स बैंकको साधारणसभा सम्पन्न, लाभांश पारित

काठमाडौं । सिटिजन्स बैंकको १६ औं साधारणसभा सम्पन्न भएको छ । सभा आज (शुक्रबार) अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौँमा सम्पन्न भएको छ ।

बैंकले उक्त साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट करसहित ९ प्रतिशत नगद लाभांस पारित गरेको छ । यससँगै बैंकले दिने लाभांस अब लगानीकर्ताले प्राप्त गर्नेछन् ।

साधारणसभाले २०७८/०७९सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रबाह विवरण लगायतका बित्तीय विवरणहरु माथि छलफल गरी पारित गरेको छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र संशोधन गर्नेलगायतका प्रस्तावहरूलगायतसाधारण सभामार्फत् पारित गरिएको छ ।

सिटिजन्स बैंकको कार्तिक ४ गते साधारणसभा हुँदै, यस्ता छन् एजेण्डा