NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

भाइटिकामा के उपहार दिने ? यी सामान उपयुक्त हुन सक्छन्

काठमाडौं । नेपालीहरुको पहिलो महान चाड दशैँ सकेर अहिले दोस्रो ठूलो चाड तिहार सुरु भइसको छ । नेपालमा तिहार हर्ष उल्लाहसका साथ मनाउने गरिन्छ । तिहारलाई बती, फुल र झिलीमिलीको पर्व भनेर पनि लिइन्छ । यस पर्वमा अरु पर्वमा भन्दा सजावट पनि विशेष तरिकाले गरेको हुन्छ ।

चाडपर्वमा एकअर्कालाई उपहार दिने लिने चलन परम्परादेखि नै चल्दै आएको छ । सामान्यतया मानिसहरु उपहारमा मिठाई दिने गर्छन । पछिल्लो समय भने उपहारमा परिवर्तन आएको छ । अहिले मानिसहरुले उपहारमा मिठाई या चकलेटको सट्टामा अरु नै उपहार दिन थालेका छन् । जुन उपहार लिनेलाई लामोसमयसम्म काम लाग्न सक्छ ।

उपहार महंगो दिनुपर्छ भन्ने छैन र महंगो उपहार दिँदैँमा ठूलो बनिन्छ भन्ने पनि छैन । सानो नै किन नहोस् उपहारमा मायाँ र आत्मियता भने प्रकट भएको हुनुपर्छ । कम बजेटको आकर्षक उपहार दिन सकिन्छ अथवा आफ्नो योग्यताअनुसारको उपहार दिनुपर्छ । महंगो उपहार दिनुपर्छ भन्दा पनि त्यस्तो उपहार दिनुपर्छ जुन उपहार लिनेले मन पराउन सकोस् । सुनकै घडी उपहार दिएपनि यदि लिने व्यक्तिको घडी लगाउने हात छैन भने त्यो महंगो उपहारको के अर्थ । यसैले उपहार दिँदा लिने व्यक्तिलाई सबैभन्दा बढी आवश्यक र के चीज बढी मन पराउँछ सो बुझेर दियो भने लिने व्यक्ति उपहारबाट धेरै खुसी हुन सक्छन् ।

के उपहार दिने ?

दाजुभाइ दिदीबहिनीको सम्बन्ध निकै गहिरो हुन्छ । अझ विशेगरी चेली बिहे गरेर गइसकेपछि माइती भनेको उसको आशा, भरोसा, सहयोगीसमेत हो । समस्या पर्दा सहयोगको लागि छोरी माइतीको ढोका नै ढकढक्याउन पुग्छन् । मायाँ गरेपनि घृणा गरेपनि चेलीको लागि माइती निकै नै प्यारो हुन्छ र दाजुभाइलाई पनि चेली उतिकै महत्वपूर्ण अंश हो । जीवनको हरेक उतावचढावमा चेलीको ख्याल गर्ने दाजुभाइ नै हुन्छन् । नजिक भएपनि टाढा भएपनि केही फरक पर्दैन, दाजुभाइ र दिदीबहिनी एकसाथ हुने भनको यस्तै पर्वहरु नै हुन् ।

तिहार विशेषगरी दाजुभाइ र दिदीबहिनीको चाड पनि हो । यस पर्वमा दाजुभाइलाई दिदीबहिनीले टिका लगाएर मिठा खानेकुरा तथा उपहार दिने गर्छन् भने दाजुभाइले पनि दिदीबहिनीलाई टिका लगाएर दक्षिणा उपहार दिने गर्छन् । तिहारमा दाजुभाइ र दिदीबहिनीको सम्बन्ध अझ सुमधुर र प्रगाढ बनाउनमा उपहारले ठूलो भूमिका खेल्दछ ।

भाइटिकामा के उपहार दिने भनेर धेरैजना अन्योलमा हुन्छन् । कतिलाई त उपहार छनोट गर्नमा समस्यासमेत हुने गरेको पाइन्छ । यस्ता केही उपहार जुन भाइटिकामा दिँदा निकै उपयुक्त हुनेछ :

ढाका टोपी

ढाकाटोपी नेपालीको पहिचान र आस्थाको प्रतिक पनि हो । भाइटिकामा दाजुभाइलाई दिदीबहिनीहरुले ढाकाटोपी दिन सकिन्छ । दाजुभाइको शिर सधै उच्च भइरहोस् भन्ने कामनासहित ढाकाटोपी उपहार गर्ने चलन भएकाले यो उपहार उपयुक्त हुन्छ ।

ड्राइफुट

अहिले बजारमा ड्राइफुट प्याकमा आउने गरेको छ । दाजुभाइलाई दिदीबहिनीले त्यही ड्राइफुट दिन सक्छन् । साथै चकलेट उपहार गर्न सकिन्छ ।

घडी

अहिले बजारमा विभिन्न ब्राण्डका स्माट घडी आएका छन् । घडी दिदीबहिनी दाजुबहिनी दुबैले एकअर्कालाई उपहारस्वरुप दिन सक्छन् । यस्तै भित्तेघडी उपहार दिन पनि सक्छन् ।

स्मार्टफोन

तिहारमा दाजुभाईले दिदीबहिनीलाई र दिदीबहिनीले दाजुभाईलाई आफ्नो बजेटअनुसारको स्मार्ट फोन उपहार गर्न सक्छन् । बजारमा विभिन्न ब्राण्डका कममूल्यदेखि धेरै मूल्यसम्मका स्मार्टफोन उपलब्ध छन् ।

ज्वेलरीका सामान

दिदीबहिनी ज्वेलरी सामानका सौखिन हुन्छन् । त्यसैले दाजुभाइले उपहारका रुपमा ज्वेलरीका सामान उपहारस्वरुप दिन सक्छन् । ज्वेलरी दिँदा आफ्नो क्षमताअनुसारको कपडासँग म्याच हुने दियो भने दिदीबहिनी अझ बढी उत्साहित र खुसी हुन्छन् ।

शृंगारका सामान

दिदीबहिनीहरुलाई शृंगारका सामान उपहार दिन सकिन्छ । शृंगारका सामानमा दिदीबहिनीहरुलाई लिपिस्किट, सनस्क्रीनलगायतका सामान दिन सक्छन् ।

वालेट

दिदीबहिनीहरुले दाजुभाइलाई वालेट उपहार गर्न सकिन्छ ।

कपडा

भाइटिकामा उपहारको रुपमा कपडा दिन सकिन्छ । अहिले बजारमा चलेका र भाइरल भनिएका कपडा गिप्ट गरेमा दिदीबहिनी अझ बढी धन्यवादी र खुसी मान्छन् । त्यस्तै दिदीबहिनीले पनि दाजुभाइलाई बजारमा चलेका कपडा दिन सकिन्छ । कपडा उपहार दिँदा जाडो महिना सुरु हुन लागेकोले जाडोका लागि उपयुक्त हुने कपडा उपहार दिँदा उपयुक्त हुन्छ ।

सनग्लास

तिहारमा दाजुभाइ दिदीबहिनी एकअर्काले सनग्लाँस उपहार दिन सक्छन् । बजारमा नयाँ नयाँ ब्राण्डका सनग्लाँस उपलब्ध छन् । आफ्नो क्षमताअनुसारको सनग्लास दिन सकिन्छ ।

सजावटको सामान

दिदीबहिनीहरु सजावटमा रुची राख्ने हुँदा कोठा या घरमा सजाउन मिल्ने सामान उपयुक्त उपहार हुन सक्छ ।

ह्यान्डब्याग

दिदीबहिनीहरु ह्याण्डब्यागको पनि सौखिन हुन्छन् । त्यसैले ह्याण्ड ब्याग उपहारस्वरुप दिन उपयुक्त हुन सक्छ । बजारमा चलेका ह्याण्ड ब्याग, पर्ससमेत उपहार दिन सकिन्छ ।

पुस्तक

कोही पुस्तको शौखिन हुन्छन् । दाजुभाइ या दिदीबहिनीले कुन किताब बढी पढ्ने गरेको छ त्यस्तै पुस्तक उपहार दिँदा उपयुक्त हुन्छ । उपहार दिँदा उपन्यास मनपराउने हो भने बजारमा आएका नयाँ उपन्यास किनेर दिन सक्छन् । त्यस्तै अन्य किताब रुचीअनुसारको दिन सकिन्छ ।

यीबाहेक अन्य उपहार पनि तिहारमा दाजुभाइ दिदीबहिनीले एकअर्कालाई दिन सकिन्छ ।