NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

यस्तो छ मस्कले परागलगायत ट्विटरका अधिकारी बर्खास्त गर्नुको कारण

काठमाडौं (एजेन्सी) । टेस्लाका सिइओ हुन्, एलन मस्क । अब उनको नयाँ परिचय पनि थपिएको छ । उनी विश्वको अग्रणी माइक्रो ब्लगिङ एप ट्विटरको पनि मालिक बनेका छन् ।

ट्विटर खरिद गर्ने मस्कको घोषणापछि अनेक उल्झन र विवाद खडा भएको थियो । न्यायालयसम्म पुगेको यो प्रकरण अन्ततः अदालतकै आदेशमा टुंगिएको छ ।

ट्विटरको स्वामित्व आफूमा आएलगत्तै मस्कले आक्रामक कदम चाल्दै सिइओ पराग अग्रवाललाई बर्खास्त गरेका छन् । । मुख्य वित्तीय अधिकारी (सिएफओ) नेड सेगल, कानूनी टोलीका प्रमुख विजया गड्डेलगायत अधिकारीलाई पनि मस्कले हटाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिइओ परागलगायतलाई ट्विटरको मुख्यालयबाट अपमानजनक ढंगले निकालिएको थियो ।

पराग अग्रवाल, नेड सेगल, विजया गड्डेलगायतका शीर्ष ट्विटर अधिकारीहरू लामो समयदेखि एलोन मस्कको निशानामा थिए। ट्विटरको अधिग्रहण गर्नुअघि उनी र मस्कबीच वाक् युद्ध चलेको थियो । त्यसकै तूष मस्कले ट्विटर स्वामित्वमा आएलगत्तै पोखेको बताइन्छ ।

मिडिया रिपोर्टका अनुसार, ट्विटरसँग एलन मस्कको सम्झौता पूरा हुँदा सिइओ अग्रवाल र सेगल ट्विटरको अफिसमा थिए। सम्झौता पूरा भएसँगै मस्कको पहिलो निर्देशन परागलाई मुख्यालयबाट निकाल भन्ने थियो ।

मस्कले यसै वर्ष अप्रिल १३ मा ट्विटर अधिग्रहणको घोषणा गरेका थिए। उनले प्रति शेयर ५४.२ डलरमा ४४ अर्ब डलरको सम्झौता प्रस्ताव गरेका थिए । तर ट्विटरको फेक अकाउन्टका कारण ट्विटर र उनीहरूबीच तनाव भयो र उनीहरूले ९ जुलाईमा सम्झौताबाट पछि हट्ने निर्णय गरे ।

यसपछि ट्विटरले अमेरिकी अदालतमा मस्कविरुद्ध मुद्दा दायर गरेको थियो । यसमा अदालतले अक्टोबर २८ सम्ममा ट्विटरको सम्झौता पूरा गर्न आदेश दिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष