NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कोरोनाभाइरसको उदगम चीनको वुहानमा फेरि लकडाउन

काठमाडौं । चीनको वुहान सहरमा तीन वर्षपछि पुनः लकडाउन गरिएको छ । कोरोनाभाइरस महामारीले नयाँ रूप लिएपछि त्यहाँ फेरि लकडाउन गरिएको हो ।

वुहान त्यही सहर हो, जहाँ पहिलोपटक देखिएको कोरोनाभाइरस विश्वव्यापी बनेका थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, वुहानमा नयाँ कोरोनाका केसहरू पुष्टि भएका छन् । बिहीबार तेस्रो दिन पनि १ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

सन् २०१९ मा पनि वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिएपछि लकडाउन लगाइएको थियो ।

चीनले शून्य कोरोनानीति लिँदै आइरहेको छ । यहीबीच नयाँ केसहरू फेला पर्न थालेपछि लकडाउन गरिएको हो ।

वुहानमा उच्च संक्रमण भएको क्षेत्रका भवन सिल गरिएको छ।