NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पूर्व राष्ट्रपति यादवलाई २५ लाख आर्थिक सहायता

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिदैं गर्दा सरकारले पूर्वराष्ट्रपति  डा.रामवरण यादवलाई २५ लाख रूपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।

गत कात्तिक ३ मा बसेकाे मन्त्रिपरिषद्काे बैठकले यादवलाई स्वास्थ्य उपचारका नाममा आर्थिक सहायता दिलाउने निर्णय गरेको हो ।

पूर्वराष्ट्रपति यादवलाई २०७३ सालमा प्रोस्टेट क्यान्सर भएपछि उनले सरकारी सहायतामा अमेरिकामा गएर उपचार गराएका थिए । त्यहाँबाट फर्किएपछि उनले हरेक वर्ष भारतको चण्डीगढस्थित पीजीआईएमइआर अस्पतालमा नियमित चेकजाँच गराउँदै आएका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष