NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

पूर्वराष्ट्रपति यादवलाई निर्वाचन आचारसंहिताविपरित २५ लाख !

काठमाडौं । सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई निर्वाचन आचारसंहिताविपरित आर्थिक सहायताका नाममा २५ लाख रूपैयाँ दिने निर्णय गरेको पाइएको छ ।

गत कात्तिक ३ मा बसेको मन्त्रिपरिषद्ले पूर्वराष्ट्रपति यादवलाइ स्वास्थ्य उपचारका नाममा उक्त सहायता दिने निर्णय भएको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यो अवधीमा सरकारले आर्थिक सहायता दिलाउने निर्णय गर्नु निर्वाचन आचारसंहिताविपरित काम हो ।

‘आयोगले निर्वाचन आचारसंहिताको अवधी लागू गरिसकेका कारण कात्तिक ३ गतेको बैठकले यस्तो निर्णय गर्नु आचारसंहिताको मर्म बाहिर हो,’ उनले भने ।

आसन्न मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको छ । जसअनुसार सरकारले यो अवधीमा पुरस्कार, ऋण, तलववृद्धि, ऋणवृद्धिलगायतका निर्णय नगर्न निर्देशन दिएको छ । त्यस्तै, आर्थिक वर्षका नीति तथा कार्यक्रममा नपरेका कामहरू पनि गर्न नपाइने आयोगको निर्देशन छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी मनोनयन हुनुपूर्व नै आचारसंहिता जारी गरेको थियो ।