NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

के–के छन् माओवादी केन्द्रकाे १० बुँदे मुख्य रणनीति ?

काठमाडौं । माओवादी केन्द्रले राजनीतिक स्थिरता र समृद्धिका लागि शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै आगामी निर्वाचनका लागि १० बुँदे मुख्य रणनीतिसहित घोषणापत्र सार्वजनिक गरेको छ । उसले न्यायलयमा देखिएको बेथिति प्रशासन सुधारका लागि संयन्त्रको जनमुखी पुनर्संरचना गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै माओवादीले विदेशी युवा शक्तिलाई स्वदेशमै फर्किने वातावरण बनाउने, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्ने, राष्ट्रिय पुँजीको विकासलाई प्रोत्साहन गर्ने लगायत रणनीति बनाएको छ ।

यी हुन् माओवादी केन्द्रको १० बुँदे रणनीति :

१. स्थिरता, शान्ति र समृद्धिको लागि शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्ने ।

२. न्यायपालिका र प्रशासन संयन्त्रको जनमुखी पुनर्संरचना गर्ने ।

३. युवा शक्तिलाई देश निर्माणमा परिचालन गर्ने, विदेशमा रहेकालाई स्वदेश फर्कने वातावरण
बनाउने।

४. कृषि क्षेत्रको रूपान्तरण गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्ने ।

५. हरेक क्षेत्रमा सामूहिक उत्पादन प्रणालीको विकास गरी कार्यान्वयन गर्ने ।

६. निजी क्षेत्रको लगानी र राष्ट्रिय पुँजीको विकासलाई प्रोत्साहन गर्ने ।

७. मजदुर, किसान, श्रमजीवी र विपन्न वर्गलाई समृद्धिको केन्द्रमा राख्ने ।

८. विकासलाई प्रकृतिमैत्री बनाउने ।

९. दुई अंकको आर्थिक बृद्धि हाँसिल हुने आधार निर्माण गर्ने ।

१०. पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादन एकाइहरूको नेतृत्व गर्न परिचालन गर्ने ।