NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

अनमोलको ‘२.० छड्के ’ फागुनमा 

काठमाडौं । चलचित्र ‘ २.० छड्के  ’ फागुन १९ देखि प्रर्दशनमा आउने भएको छ । मंगलबार चलचित्रकाे पाेस्टर सार्वजनिक गर्दै प्रर्दशन मिति ताेकिएकाे हाे । चलचित्रलाई निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्रको मुख्य अभिनयमा अनमोल केसीलाई देख्न सकिन्छ । उनीसँगै रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले मगरलगायतको पनि चलचित्रमा अभिनय रहेको छ ।

प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको चलचित्रमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता छन् ।