NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कपालमा कुन तेल लगाउने ?

काठमाडौं । तेल धेरै प्रकारका हुन्छन् । कपालको लागि तेलको विशेष महत्व हुन्छ । यसले कपाललाई नरम बनाउनका साथै कपालमा भरपुर पोषण तत्व प्रदान गर्छ ।

टाउको तेल लगाउँदा हल्का प्रकारका तेल प्रयोग गर्नु राम्रो मानिन्छ । जस्तै नरिवल, बदाम, तीलका तेल कपालका लागि राम्रा हुन्छन् । त्यस्तै तोरी तथा ओलिभ तेल कपालमा लगाउँदा तताएर लगाउँदा राम्रो हुन्छ । तातो तेल सहजै जरामा पुग्ने गर्छ ।

हामीले जुन तेल लगाउँदा पनि कपालको जरासम्म तेल जानै पर्छ । जसले गर्दा कपाल जरादेखि नै बलियो हुन्छ । कपालमा तेल धेरै लगाउँनु पनि उपयुक्त मानिर्दैन ।

कपालमा जति तेल लगाउन जरुरी हुन्छ त्यति नै सहि तरिकाले कपालको मालिस गर्न पनि जरुरी हुन्छ । कपालमा तेल मालिस गर्दा हात र औलाको चाल मिलाउनु पर्छ । तेल लगाउँदा हातमा नरमपना हुनु पर्छ । तेल लगाउँदा कपालमा जोड दिदाँ यसले कपाल टुक्रने र झर्ने हुन्छ ।