NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अनुहार चम्किलो बनाउन दहीका विभिन्न फेस प्याक

काठमाडौं । दहिमा प्रशस्त खनिज तथा ल्याटिक एसिड हुन्छ । जसले छालालाई नरम र चम्किलो बनाउँछ । यसमा हुने गुणले छालालाई सुख्खा हुन बाट बचाउँनका साथै छालामा मोइस्चराइजरको काम गर्छ ।

एउटा अण्डाको सेतो भाग र एक चम्चा मुल्तानी माटोको पाउडर र दही मिसाएर अनुहारमा लगाउँदा यसले अनुहारको छालामा चमक ल्याउँछ । यसले छालामा थप सुन्दरता प्रदान गर्छ ।

त्यस्तै, एक चम्चा दहीमा सुन्तलाको धुलो र कागतीको रस मिसाएर लगाउँदा छालामा भएको दाग दब्धा हट्ने गर्छ र छालालाई सुन्दर बनाउँछ । दहीसँग फलफूलको पेस्टको मिश्रण पनि राम्रो मानिन्छ ।

फलफूलमा पाइने पोषण तत्वले छालालाई मर्नबाट बचाउँछ । एक चम्चा दहीमा गाजर, आरु र काक्रोको पेस्ट मिसाएर फुट्स फेस प्याक बनाउन सकिन्छ । यसले अनुहारलाई फ्रेस र सफा राख्छ ।

साधारणतया फेस प्याक बनाएर लगाउँदा २० मिनेट राखेर मनतातो पानीले मुख धुनु पर्छ ।