NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

यी निर्वाचन क्षेत्र जहाँ महिला उम्मेदवार छैनन्

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ६१ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् ।

निर्वाचन आयोगले प्रकाशन गरेको तथ्यांकअनुसार एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ६१ वटामा महिला उम्मेदवार नभएकोे पाइएको हो । महिला उम्मेदवार नहुने सबैभन्दा धेरै निर्वाचन क्षेत्र मधेश प्रदेशका जिल्ला अन्तर्गत पर्छन् । उक्त प्रदेशका १५ वटा जिल्लामा महिला उम्मेदवार छैनन् ।

त्यस्तै, सुदूरमश्चिम प्रदेशका दशवटा जिल्लामा महिला उम्मेदवार छैनन् भने कर्णालीका आठ जिल्लामा महिला उम्मेदवारको संख्या शून्य छ । प्रदेश १ का सात जिल्ला, लुम्बिनी प्रदशेका ६ र गण्डकी प्रदेशका पाँच जिल्लामा महिला उम्मेदवारको उपस्थिती छैन ।

देशभर निर्वाचनका लागि कुल दुई हजार ४ सय १२ पुरूष उम्मेदवार हुँदा महिला उम्मेदवारको संख्या दुई सय २५ मात्रै छ ।

हेर्नुहोसु सूची

संसदभित्रै महिला/पुरुषबीच विभेद छ, यसलाई समावेशी नबनाएसम्म विकास हुँदैन