NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

चार हजार रूपैयाँ घुस नपाए पसल सञ्चालन गर्न नदिने प्रहरी अख्तियारको फन्दामा

काठमाडौं । पसल सञ्चालकसँग चार हजार रूपैयाँ घुस मागेर दुःख दिने प्रहरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

धनुषास्थित नगराइन नगरपालिका २ जटहीस्थित पसलका सञ्चालकसँग घुस माग्ने प्रहरी नायव निरीक्षक देवकी लाल चौधरी रंगेहात पक्राउ परेका हुन् ।

उनले उक्त पसल सञ्चालनका लागि मासिक रूपमा ती सञ्चालकसँग रकम माग गर्दै आएका थिए ।

पसल सञ्चालकलाई चार हजार रूपैयाँ नदिए पसल सञ्चालन गर्न नदिने धम्की दिएका चौधरीलाई रकम लिइसकेको अवस्थामा आयोगले पक्राउ गरेको हो ।

हाल उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।