NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

‘अबको नेपाल हाक्ने युवाहरु प्रदीप, गगन र विश्वप्रकाश’

काठमाडौं । अर्थशास्त्री एवं नेपाली कांग्रेसका युवा नेता डा। स्वर्णीम वाग्लेले नेपाली कांग्रेसभित्रका आशालाग्दा नेताहरुले अब युवाहरुको प्रतिनिधित्व गर्नुपर्ने बेला आएको बताएका छन् ।

बुद्धिजिवी तथा पेशागत समूहले शनिबार काठमाडौंको विशाल नगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा. वाग्लेले प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएर युवाहरुको प्रतिनिधित्व गर्नुपर्ने बताएका हुन् ।

कांग्रेसभित्र मात्र नभइ राजनीतिमा नै आशा गरिएका तीन युवाहरुको खाँचो संसदमा रहेको बताए ।

गतिशील अर्थतन्त्र निर्माणका लागि लागि तीन युवाहरुको हातेमालो गरेर अघि बढ्नुपर्ने डा. वाग्लेको धारणा रहेको छ ।

उनले भने, ‘मेरो अपेक्षा यही हो, प्रदीप पौडेल मेरा मित्र, नेपाली काग्रेसमा आशालाग्दा केही अनुहारहरु हुनुहुन्छ । गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई अब हामी एकै सासमा, एउटै रुपमा लिन्छौँ । उहाँहरु अब उभिएर निर्वाचित भएर काठमाडौं–५, काठमाडौं–४ र झापा–१ बाट आएर चाँही तमाम युवाको प्रतिनिधित्व गर्नुहोस् । तमाम युवा पुस्तालाई नेतृत्व दिनुहोस् ।’

त्यसैगरी कांग्रेसले बोकेका नयाँ एजेण्डाहरुलाई बोकेर हिँड्नपर्नेमा जोड दिँदै हजारौ लाखौँ अन्य पेशा व्यवसाय गर्ने युवाहरुलाई उत्साहित गर्नुपर्ने बताए ।

त्यसैगरी नेतृत्व परिवर्तनदेखि शासकीय सुधारका लागि समेत तीन युवाहरुले नेतृत्व गर्नुपर्ने र आफूले सोही अपेक्षा गरेको बताए ।

‘अब नेतृत्वको लागि इनफ इज इनफ भन्ने बेला आएको छ ।’ डा। वाग्लेले भने, ‘शासकीय सुधारदेखि लिएर, ट्रान्जिवल सब्सट्यान्टिभ एजेण्डामा अब उहाँहरुले नेतृत्व गर्नुहोस् भन्ने मेरो अपेक्षा रहेको छ ।’

त्यसैगरी काठमाडौं क्षेत्र नं ५ का सबै उम्मेवारहरुलाई जितको शुभकामना समेत व्यक्त गरेका छन् ।